नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ । नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।
आरजु राणाको आधिकारीक फेसकुक पेजमा पनि यो बिषयमा जानकारी गराईएको छ । आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ । आरजु बिगत २ बर्ष देखी भारत गएर उपचार गराउँदै आएकी थिईन । आरजु राणा देउवा भारत गए पछि विभिन्न टिक्का टिप्पणी हुदै आएका थिए । धेरैले आरजु केहि न केहि उद्देयश्य बोकेर भारत गएको बताईन्छ । आरजुले आफ्नो ब्यक्तिगत कामले गएको बताएकी थिईन ।
यस अघि आरजुको भारत प्रस्थानलाई लिएर कसैले आरजुले सरकार परिर्वतन गर्नका लागी भारसतमा गएको बताउँदै आएका थिए । तर, उनले आफ्नो शल्यक्रिया भएको बताएकी छिन् । आरजुको नाम विभिन्न समयमा विभिन्न प्रकरणमा मुछिदै आएको छ । काँग्रेस बृत्तमा आरजुको शासन हर कोहिलाई थाह भएकै कुरा हो । उनले पार्टी भित्र र बाहिरका कुरामा सधै दखल दिने गरेकै छन् । अहिले झन सरकार परिवर्तन भएको बिषयमा त झन धेरै टिप्णी भईरहेको छ । नेपालको सरकार परिवर्तन हुनुमा भारत र चिनको महत्वपुर्ण भुमिका रहने बताईन्छ । यस अगिभ ारतिय बिदेश मन्त्रीले पनि सरकार परिवर्तन हुने कुरा आफुलाई पहिले नै थाह भएको समेत बताएका थिए ।
काँग्रेस नेताहरुले फेरि सरकारमा जाने कुरा सार्वजनिक रुपमै गरिरहदाँ कतै सरकार फेरि परिवर्तन हुने हो कि भन्ने संसय पनि उठेको छ। विशेषत गृहमन्त्री रबि लामिछानेको बिषयमा प्रश्न उठाउँदै काँग्रसले संसदमा रडाको मच्याउदै आएका छन् । काँग्रेसले गृहमन्त्री माथी प्रश्न उठाउदै गर्दा प्रधानमन्त्री र ओलीले बचाउ गर्दै आएका थिए । आज बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताईएको छ ।
साथै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ । सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन विगतदेखि पहल गर्दै आइरहेको छ ।