Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली बिद्यार्थीहरुको सपनाको देश अष्ट्रेलिया ,जहाका कलेजहरु धमाधम बन्द हुन थाले

नेपाली बिद्यार्थीहरुको सपनाको देश अष्ट्रेलिया ,जहाका कलेजहरु धमाधम बन्द हुन थाले

चैत १५ ,काठमाण्डौ ।

अहिले नेपाली बिद्यार्थीहरुको सर्वाधिक रोजाइमा परेको देश हो अस्ट्रेलिया , नेपाली बिद्यार्थीहरुको लाथि लागि त झन् अष्ट्रेलिया सपनाको देश नै बनेको छ, जहाँ पुगेपछि सपना र करिअर बलियो हुन्छ भन्ने छ । अस्ट्रेलिया जान चाहाने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसैबिचमा अष्ट्रेलियाले पछिल्लो समय विद्यार्थी भिसामा आउनेहरुलाई कडाइ गरेसंगै धमाधम अष्ट्रेलियाका कलेजहरु बन्द हुन थालेका छन ।

यसले गर्दा अष्ट्रेलिया जाने सोच बनाएका बिद्यार्थीहरु तनावमा परेका छन । नेपालमै बसेर गर्न सक्ने क्षमता भएकाहरु प्नि पछिल्लो समयमा बिदेशकै मोह देख्ने गरेका छन । त्यसपनि आयस्तर राम्रो भएकाहरुको पहिलो रोजाई त अष्ट्रेलिया नै हुने गरेको छ । अस्ट्रेलिया जानुअघि धेरैको सोच पढ्दै कमाउँदै गर्ने भन्ने हुन्छ । अहिले अस्ट्रेलिया लगायतका देश जाने विद्यार्थीको ओइरो देख्दा लाग्न सक्छ, दक्ष जनशक्ति पलायन भए देश रित्तिँदैछ ।

उच्च शिक्षाका लागि मात्रै नभएर सहज जीवनयापनका लागि अष्ट्रेलिया जाने र जान चाहनेहरुको संख्या निकै ठूलो छ । तर, यही सपनाको देश छाड्न दिनगन्ती गर्नेको पनि कमी छैन यहाँ। लाखौं खर्चेर अस्ट्रेलिया आउन सहजै तयार हुने मानिसहरू करोडौं सकेर रित्तो हात नेपाल फर्किएका उदाहरण प्रशस्त छन्। तर पछि भने अष्ट्रेलियाले नै भिसमा कडाई गर्न थालेको हो। जसले गर्दा कलेजहरु ध्माधम बन्दभएका छन । अष्ट्रेलियाको शिक्षा मन्त्रालयले केही कलेज बन्द गरिएको सूचना सार्वजनिक गरेको छ ।

बन्द गरिएका कलेजहरूमध्ये किङ्ग्स्टोन इन्स्टिच्युट नेपालीद्वारा सञ्चालित क्याम्पस हो । बन्द भएका अन्य कलेजमा द मल्का ग्रुपद्वारा सञ्चालित टीएमजी कलेज, वेस्टर्न सिड्नी टेक्नोलोजी कलेज, मुभ एकेडेमी प्रालिद्वारा सञ्चालित ब्लकचेन एकेडेमी इन्टरनेशनल रहेका छन् । युनाइटेड पप अष्ट्रेलिया, प्यासिफिक ट्रेनिङ ग्रुप, द इगल एकेडेमी, भर्टेक्स एयर एकेडेमी, द मल्का ग्रुपद्वारा सञ्चालित टीएमजी कलेज अष्ट्रेलिया, एबिलिटी इङ्ग्लिस, चिल्ड्रेन सर्भिसेज् एजुकेशन र ईसी ईङ्ग्लिस अष्ट्रेलिया प्रालिद्वारा सञ्चालित ईसी इङ्ग्लिसलगायत शैक्षिक संस्था पनि बन्द भएका छन् ।

कोभिडको महामारीका कारण व्यवसायहरूले सामना गर्नु परेको कर्मचारी अभावको स्थितिलाई सम्बोधन गर्न अस्ट्रेलियाले सन् २०२२ मा वर्षभरिमा आउन पाउने आप्रवासीहरूको सङ्ख्या बढाएको थियो । तर अचानक विदेशी कामदार र विद्यार्थीको सङ्ख्या बढेपछि पहिला देखि नै दबाबमा रहेको घरभाडा बजारमा चाप बढेर थेग्नै नसक्ने भएको थियो । शिक्षा मन्त्रालयका अनुसार देशका आधारमा विदेशी विद्यार्थीको सबैभन्दा ठुलो जमात चिनियाँ, भारतीय, नेपाली, फिलिपिनी र भियतनामी छन् ।

आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ। नयाँ नियम मार्च २३ देखि लागू भएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयका अनुसार यसअघि सरकारले महामारी राहत भिसामार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने समय बढाएको थियो । अब उक्त भिसा रोकिने मन्त्रालयले जनाएको छ । यो नियमले विद्यार्थी भिसामा आउनेहरूको अङ्ग्रेजी भाषाको मापदण्ड कडा पारेको छ । नयाँ नियमले बारम्बार नियम मिच्ने विश्वविद्यालयहरूलाई विदेशी विद्यार्थी भर्ना गर्नबाट रोक्ने अधिकार पनि सरकारलाई दिनेछ ।