Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

डाक्टर प्रतिभा मृत फेला, बिदामा आएकी थिइन् घर

डाक्टर प्रतिभा मृत फेला, बिदामा आएकी थिइन् घर

चैत १६ ,काठमाण्डौ ।

डाक्टर प्रतिभा धौ भडेल सलले पासो लगाएर झुण्डेको अवस्थामा आफ्नो घरमै मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी हुन । उनका श्रीमान पनि डाक्टर नै हुन । उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । अस्पतालबाट घरायसी बिदामा उनी काठमाडौं आएकी थिइन्। घर आएकै बेलामा उनी मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्। ऊनी नेपाल सरकारको ९औं तहमा धादिङ अस्पतालमा कार्यरत थिइन। ३४ वर्षीया सर्जन धौभडेलको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ। प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको थियो । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर अध्ययन गरेकी हुन्। उनले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन गरेकी थिइन्। उनले रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी थिइन्। भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन्।

उनकाअनुसार बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको श्रीमानले प्रहरीसमक्ष बयान दिएका छन् । प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको बिदामा बसेको बताइन्छ । प्रतिमाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् । डा. प्रतिभाका श्रीमानले आत्महत्या गरेको दाबी गरेपनि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ । एक साता अघि मात्र पनि बिराटनगरमो नोबेल अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत चन्द्रिकाकुमारी दासको शव पनि फेला परेको थियो ।

तरको उनको भने हत्या भएको पुष्टि भएको थियो । र हत्या गर्ने उनका प्रेमी पनि केही दिनमा मृत अवस्थामा फेला परेका थिए । पछिल्लो समयमा यस्तै खालका घटनाहरु दिनादिन बढिरहेका छन । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृङ्खला त्यसमा मात्रै सीमित छैन । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा श्रीमान—श्रीमतीले एक अर्काको हत्या गर्ने क्रम र आत्महत्या गर्ने क्रम बढिरहेको छ ।