Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रेशम चौधरीले ४ जनाको हत्या गर्न धम्की दिएको सनसनीपूर्ण खुलासा,पार्टीका नेता गुहार माग्दै

रेशम चौधरीले ४ जनाको हत्या गर्न धम्की दिएको सनसनीपूर्ण खुलासा,पार्टीका नेता गुहार माग्दै

सोमबार, १९ चैत २०८०-

नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएको बताए । सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए ।

रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटार नजान र गए ज्यान मार्ने भनेर धम्की दिएको बिकले बताए ।सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा नेताहरुबीच हात हालाहाल भएको थियो ।

आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए । सोमबार बोलाइएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए । रेशम चौधरी र रञ्जीता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा नै कुटाकुट पनि भएको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच कुटाकुट भएको स्रोतले जनाकारी दिएको छ । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए । अहिले रेशक चौधरीका दम्पत्तिकै कारण पार्टी फुटको संघारमा छ । नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको बताईएको छ । तर, पार्टीले यस बिषयमा केहि खुलाउन चाहेको छैन । विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् ।

सुदूरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा उत्पन्न भएको विवाद बढिरहेको छ । नयाँ सत्तागठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद गहिरिँदै गएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनको विषयले पार्टीमा विवाद गहिरिएको हो। इस अघि रन्जिताको अनुपस्थितिमा कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिईन ।र विश्वासको मत पनि दिईएको थियो । अहिले श्रीमान श्रीमतीकै कारण पार्टी फुटको संघारमा पुगेको छ । कार्यक्रमको शिलशिलामा जापान पुगेका रेशमले त्यहि बाट रञ्जीताको काम चित्त नबुझेको बताएका थिए । उनले सरकारमा गएर पनि काम नगरेको आरोप लगाएका थिए । त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।अहिले सम्म सरकारमा नायरिक उन्मुक्तिले मन्त्री पठाएको छैन । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरी समेत बढेको छ ।