Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गोर्खाकी बबिता रोका यतिबेला सिङगो परिवारकै किरिया गर्दै ,बेपत्ता छोरा पनि मृत भेटिए

गोर्खाकी बबिता रोका यतिबेला सिङगो परिवारकै किरिया गर्दै ,बेपत्ता छोरा पनि मृत भेटिए

चैत २१ ,काठमाण्डौ ।

दैबको लिला पनि बुझि नसक्नु छ । परिवार नै सखाप भएपछि गोर्खाकी बबिता रोका यतिबेला सिङगो परिवारकै किरिया गर्दै छिन । बुबालाई दागबत्ती दिएर फर्केका उनका एक मात्र सन्तान १८ वर्षका विवश रोका त्रिशुली नदिमा हराई रहेका थिए। बबितालाई ति सन्तान पनि सकुशल भेटिए आफनो साहारा बन्ने लागिरहेको थियो । तर बिडम्बना उनै छोरा पनि आज मृत अवस्थामा फेला परे ।

अब बबिताको बाँकी जिन्दगी कसरी बित्ला । गत शनिबार बिहान बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा त्रिशुली नदिमा ट्याक्सी दुर्घटना हुदा एकै परिवारका ६ जनाको ज्यान गयो । जसमा एक जना भने बेपता भएका थिए । उनै बेपत्ता भएका गोरखा –७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ । दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ । नियती पनि कति निष्ठुरी ।

सिङगो परिवारकै किरिया गर्दै छिन् बबिता रोका । ।श्रीमान बिते पछि दाहसंस्कार गरेर फर्किदै गर्दा उनको सारा परिवारले त्रिशुलीमा अन्तीम श्वास फेर । अकल्पनीय बज्रपात खेपिरहेकी परिवारकी एकमात्र जीवित सदस्य बबिता रोका अहिले काजकिरियामा छिन्। ससुरा दिलबहादुर रोका पनि १५ वर्षअघि दिवंगत भइसकेकाले उनको परिवारको विरासत ३६ वर्षकी बबिताले काँध थाप्नु परेको छ।

सासुआमा जुनकिरी रोका, जुनकिरीकी जेठी छोरी हरिमाया उपरकोटी, हरिमायाका आठ वर्षका छोरा आगमन, कान्छी छोरी अञ्जना र ज्वाइँ अर्जुन सिर्मलको मृत्यु भएको थियो। जुनकिरीकी एक मात्र छोरा थिए शंकर र शंकरका एक मात्र सन्तान थिए विवश। अहिले रोका परिवारको सिंगो घर नै ढलेको छ ।

मृत्यु भएका पाँचै जनाको शनिबार राति रामशाहघाटमा संयुक्त दाहसंस्कार गरिएको थियो। परिवार कोही पनि बाँकी नरहेपछि उनकी सासूआमा जुनकिरीको देवर हरिबहादुर रोकाले दागबत्ती दिए। यति बेला बबितालाइृ भने संसारै अध्यारो भएको छ । चैत १६ गते क्यान्सर रोगबाट मृत्यु भएका बुवा शंकर रोकाको अन्तिम संस्कार गरेर गोरखा फर्कने सो ट्याक्सी दुर्घटनामा परेको थियो । दाह संस्कार सकेर थप काम घरमा नै गर्ने भन्दै परिवार गोरखा फर्कंदै गर्दा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। अहिले शंकरको गाउँ पौवाखेत शोकमा डुबेको छ। शंकरका घरमा अहिले स्थानीय र छिमेकीको घुइँचो लागेको छ। घरमा पुगेका कोही पनि बोल्न सक्ने अवस्थामा रहेका छैनन्।