Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेनले एक अर्ब खाएको आरोप लगाउँने कर्मचारी विरुद्ध साइबर अपराधमा मुद्दा

बालेनले एक अर्ब खाएको आरोप लगाउँने कर्मचारी विरुद्ध साइबर अपराधमा मुद्दा

चैत २१ ,काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्ने महानगरपालिका कर्मचारी रामप्रसाद पौडेल विरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ ।

ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलमाथी विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । उनले सामाजीक सञ्जालमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरुले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए ।

झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । मेयर बालेनले यस अघि पनि कर्मचारी नियुक्तीको समयमा आफ्ना मान्छे राख्न खोजेको भन्दै कर्मचारीलाई कार्वाहि गरेका थिए । उनले काठमाडौँ महानगरमा आफ्नो आफन्त राख्ने परिपाटीको अन्त्य गर्नु पर्ने भन्दै गल तगर्न कर्मचारी माथी कारवाहिको डण्डा चलाउँदै आएका थिए । उनी महानगरमा आए संगै आफन्त भर्तीको बिरुद्ध उत्रिएका छन् । देशमा एउटा नराम्रो परिपाटी चनेकै आफन्त र नाततेदारको भर्ती गर्नु हो । यो बिषयमा आवाज नउठेका्े पनि होईन । धेरै कर्मचारी बालेन आए देखी खुसी पनि छन् ।

अहिले महानगर युवा नेतृत्वको हातमा परे संगै निकै अगाडी बढी रहेको छ । उनले महानगरको विकासका लागी निक्कै मेहनत पनि गरिरहेका छन् । सामाजिक सञ्जालमा मेयर बालेन बिरुद्ध लेखेको आरोप लागेका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए । महानगरपालिकाले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि कर्मचारी पौडेल र मेयरबीच द्वन्द्व सुरु भएको थियो ।

उनले सामाजीक सञ्जालमा मेयर बालेन बिरुद्ध यति गम्भीर प्रकृतिको आरोप लगाए पछि बिबादमा समेत परेका थिए । उच्च अदालतमा निवेद दिएका पौडेलफेसबुकमा साइबर अपराधको मुद्दा चलाइएका र यसअघि झुटा विवरण राखेर नागरिकता र राहदानी लिएको कसुरमा दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतले ५ माघ २०७७ मा उनीविरुद्ध २५ हजार जरिवाना सुनाएको थियो । पौडेल फरार रहेकाले नभेटिएको भन्दै उनलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।