Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले बहस चल्दाचल्दै विष सेवन गरिन

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले बहस चल्दाचल्दै विष सेवन गरिन

चैत २१ काठमाण्डौं ।

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर र बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेको बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन् । न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो ।

सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन् । यसभन्दा अघि पनि न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी थिईन । आफैंमाथि मट्टितेल छर्किएकी थिईन । गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन् । पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो ।

श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लग्यो ।

तर, अदालतले उनलाई धरौटीमा छोडेको हो । यता, सामाखुसीस्थित डेरामा पनि आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिइन् । गत वैशाख १७ गते काठमाडौं जिल्ला अदालतमा पनि बलात्कारको मुद्दा दायर भयो । जिल्लाले पनि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उक्त आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा पुनरावेदन गरिन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेकी आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् । आरतीले यसअघि सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । न्यायाधीश गिरीकी कान्छी श्रीमती आरती निःसन्तान हुन् ।

श्रीमानले आफूलाई यौनदासीको रुपमा प्रयोग गरेको उनको आरोप छ । न्यायाधीश भुवन गिरी र आरतीबीच पाँच वर्षअघि विवाह भएको थियो। जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि गिरीले आरतीसँग २०७५ असारमा आरतीसँग कानुनी विवाह गरेका थिए। आरतीका अनुसार उनले भुवनसँग स्वेच्छाले विवाह गरेकी थिइनन्। विवाहका लागि भुवनले दबाब र ब्ल्याकमेल गरेका थिए। विवाह पनि औपचारिक रूपमा भएको थिएन। आरती न्यायाधीश गिरीसँग विवाह गर्न तयार थिइनन्। मुद्दाकै क्रममा वर्ष दिनअघि चिनजान भएका गिरीको बानीबेहोरालाई आरतीले नजिकबाट नियालेकी थिइन्। आरती विवाहअघि नै न्यायाधीश गिरीबाट यौनशोषणमा परेको भन्दै ज्याय खोज्दै यतिबेला लडिरहेकी छन ।