चैत २२ ,काठमाण्डौ ।
रबि लामिछाने गृहमन्त्री भएपछि एकपछि अर्को भ्रष्टचारका फाईलहरु खुल्दै जादा भिआईपिहरु बिभिन्न प्रकरणमा मुछिदै गएका छन । यसैबिचमा दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको हो । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ । लामो समयदेखि अख्तियारले वाइडवडी खरिद प्रक्रिया अनुसन्धान गर्दै आएको थियो ।
विमान खरिदको प्रक्रिया शुरु हुनासाथ अख्तियारमा उजुरी परेकोमा करिब ५ वर्षपछि भ्रष्टाचार मुद्दा दायर भएको हो । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि दुई पटक कर्णाली प्रदेशसभा सदस्य बनेका थिए । अघिल्लो पटक मुख्यमन्त्री नियुक्त भएका उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य छन् ।
शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका अरु कतिपय व्यक्तिको नाम गोप्य छ । अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरेका छन ।
निगमले खरिद गरेको पहिलो वाइडबडी विमान २०७५ असारमा र दोस्रो विमान एक महिनापछि साउनमा भित्राएको थियो ।