Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दा फेरि आन्दोलन शुरु गर्ने

बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दा फेरि आन्दोलन शुरु गर्ने

चैत २३ काठमाण्डौ ।

काठमाण्डौं मेयर बालेन शाहले फोहर व्यवस्थापन लागि ढिलाई गर्दा उता भने बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दा फेरि आन्दोलन शुरु गर्ने भएका छन । बालेन शाह र शहरी विकास मन्त्री धनबहादुर वुढाबीच पनि केही दिन अघि फोहोर ब्यवस्थापनको बिषयमा छलफल भएको थियो ।

मेयरले चासो पनि नदिएका होईन तर लामो समयदेखीको छलफलले सार्थकता पाउन नसकेके भन्दै उता बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले भोलीदेखि फोहोर व्यवस्थापनमा फेरि अवरोध गर्ने भएका छन्। उनीहरुले सरकारलाई फोहोर ब्यवस्थापन गर्न नसकेको भन्दै मूख्य दिई अबरोध सिर्जना लागेका पनि हुन ।

काठमाडौं महानगरपालिकासहित स्थानीय सरकारसँगका १० र केन्द्र सरकारसँगका ९ वटा बुद्धागत रुपमा माग राख्दै आन्दोलन शुरु गर्ने भएका हुन । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्। काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा, सिसडोल लगायत क्षेत्रमा थुप्रिएको फोहोरले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन गरेको स्थानीयको आरोप छ।

यता केही दिन अघि मात्र बोलेनले सिंहदरबारमा पुगि प्रभावित क्षेत्रका बासिन्दाहरूको सरोकारलाई सम्बोधन हुने गरी बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा मन्त्री संग छलफल गरेका थिए । यता मन्त्री संगको भेटघाटमा फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै मेयर बालेनले महानगरले केही वडावाट शून्य फोहोर कार्यक्रम सुरू गरेको बताएका थिए।

मेयर बालेनले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताएका थिए। भेटमा मेयर शाहले बन्चरे डाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए । बन्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फल्न अवरोध गरिने उल्लेख गरिएको छ। शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।

शहरी विकास मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसंग सुझाव समेत मागे । बञ्चरेडाँडाका स्थानीय प्रकाश घिमिरेले सरकारले फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा बञ्चरेडाँडाका स्थानीयहरुको स्वास्थमा समस्या आउन थालेको बताए। उनले हरेक वर्ष ५ देखि १० जना मानिसहरु र पशुपंक्षीहरुको समेत क्यान्सरको कारण मुत्यु हुन थालेको जिकिर गरे। फोहोरको गन्ध पुग्ने जति स्थानमा खेती समेत हुन छोडेको उनको भनाइ थियो।