Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गायक रवि ओडविरुद्ध उनकै श्रीमतीद्धारा वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी

गायक रवि ओडविरुद्ध उनकै श्रीमतीद्धारा वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी

चैत २३ काठमाण्डौ ।

एकपछि अर्को कलाकार पारिवारिक विवादमा मुछिन थालेका छन । यतिबेला चर्चित गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै रबि ओडबिरुद्ध उनकी श्रीमतिले गत २० गते जाहेरी दिएकी हुन् । श्रीमतिको जाहेरी पछि गायक अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको पाईएको छ । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरपनि उनी अहिलसम्म प्रक्राउ पर्न सकेका छैनन । श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तका अनुसार उजुरी आएपछि प्रहरीले कारवाही अगाडि बढाएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रविकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् । उजुरीपछि रविविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको बताइएको छ । श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ । नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।

हिजो मात्र चर्चित गायक राजेशपायल राई मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि उनी पक्राउ परे । मादक पदार्थले छाडेपछि प्रहरीले उनलाई आफन्तको निगरानीमा छाडिदिए । यसको प्रमुख कारण थियो– श्रीमान श्रीमतीबीच भएको ‘डिभोर्स’ ।

गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङ्गवुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् । स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् ।

नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङ्गवुङलाई थप नगद दिने सहमति गरेका छन् । आफ्नो वैवाहिक जीवन गोप्य राख्दै आएका राजेश र सङबुङबीचको सम्बन्ध उनीहरुको सन्तान भएपछिमात्र सार्वजनिक भएको थियो । ४० कटिसकेका राजेश २५ वर्षभन्दा कम उमेरकी साङबुङसँगको अफेयरपछि सँगै बसेका थिए । सन्तान भएपछि मात्र उनीहरुले बिबाह दर्ता गरेका हुन् । बिबाह दर्ता गरेको केही समयपनि नपुग्दै डिभोर्स भएको छ । यो नेपालकै महंगो डिभोर्स साबित भएको बताइन्छ । यसरी पछिल्लो समयमा यसरी कलाकारहरुले एकपछि अर्को विवादमा आउन थालेका छन ।बैवाहिक जिवनमा बाधिएको केही महिना बित्नै लाग्दा पनि केही कलाकारहरुको छुटिने गरको छन ।