Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राप्रपाकाे आन्दोलनमा घाइते भएका नेताको मृत्यु, ज्ञानेन्द्र शाहि भन्छन् राज्यले हत्या गरेकाे हाे

राप्रपाकाे आन्दोलनमा घाइते भएका नेताको मृत्यु, ज्ञानेन्द्र शाहि भन्छन् राज्यले हत्या गरेकाे हाे

बैशाख ३,काठमाण्डौं ।

राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उनका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको थियो । डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहिले उनको हत्या सरकारले गरेको आरोप लगाएका छन् । सामाजीक सञ्जाल मार्फत उनले सरकारले हत्या गरेको भन्दै उनको शब पार्टी कार्यालयमा राखिने बताएका छन् । राप्रपाको आन्दोलनमा ज्ञानेन्द्र शाहि लगायतमाथी लाठि चार्ज भएको थियो । सांसद ज्ञानेन्द्र शाहि माथी पनि प्रहरीले कुटपीट गरेको थियो । यो विषयलाई लिएर सांसदमा समेत राप्रपाले अबरुद्ध गरेको थियो । बाहालवाला सांसदमाथी कुटपीट गरेको भन्दै गृहमन्त्री रबि लामिछानेको राजीनामा समेत माग गरेका थिए । े राप्रपाले निशेधीत क्षेत्र तोड्न खोजे पछि प्रहरी संघ घम्साघम्सी परेको थियो ।

सरकाले प्रर्दर्शन गर्ने ठाउँलाई निशेधीत क्षेत्र घोषणा गरेपछि निकै आलोचना पनि बडिरहेको छ । उनले गृहमन्त्रीलाई रविलाई प्रश्न तेर्साएका छन ्। अहिले यो बिषयले झन भयाबह रुप लिएको छ । सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने राप्रपाले माग रादेको थियो ।

सरकारले निशेषीत क्षेत्र तोकेको ठाउँमा बलजफ्ती प्रदर्शन गर्ने क्रममा झडप भएाके थियो । त्यसो त अध्क्ष राजेन्द्र लिङदेनले अघिल्लो दिन नै पत्रकार सम्मेलन गर्दै आन्दोलनमा निषेधाज्ञा नमान्ने घोषणा गरेका थिए । उनले शान्तिपूर्ण आन्दोलन गर्न संविधानले नै अधिकार दिएको र प्रहरीले अवरोध वा दमन गरेको खण्डमा प्रतिकार गर्ने चेतावनीसमेत दिएका थिए ।

त्यही घोषणाअनुसार उनी आफैं निषेधाज्ञा तोड्न अगाडि देखिए । भद्रकालीमा ब्यारियर लगाएर प्रहरीले राप्रपाको जुलुसलाई सिंहदरबारतर्फ जान रोकिरहेको थियो । जुलुसको सबैभन्दा अग्रभागमा रहेका लिङदेन आफैं प्रहरीको ब्यारिकेडमा रहेको तारमुनि घुस्रिए । कार्यकर्ताहरु पछि लागे । प्रहरीले रोक्न खोज्यो । लिङदेनलाई झांगलझुंगल पनि गरियो । तर, उनी पछि हटेनन् । बरु पछाडि रहेको जुलुसलाई पनि आफू सँगसँगै आउन इशारा गरे । लिङदेनले दिएको आदेश पालना गर्दै अगाडी बडेका ज्ञानेन्द्र शाहि पनि प्रहरीको घानमा परेका थिए । त्यहि समयमा ठाकुरप्रसाद माथी पनि कुटपीट भएको थियो ।