बैशाख ३ ,काठमाण्डौं ।
वैवाहिक बलात्कारको कसुरमा निलम्बनमा परेका न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।
सर्वोच्च अदालतमा आत्मदाहको प्रयास गरेकी आरती रावलले केही दिन अघि मात्र बिष सेवन पनि गरेकी थिईन । उनका पति न्यायाधीश गिरीविरुद्ध उनले जर्बजस्तीकरणी र वैवाहिक बलात्कार सम्बन्धी छुट्टाछुट्टै जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिईन । आरती अहिले पनि बिभिन्न माग राख्दै भृकृटी मण्डपमा धर्नामा बसेकी छिन । उनले बिभिन्न माग राख्दै यतिबेला उनी धर्नामा बसेकी हुन ।शुरुका दिनमा अनसनमा बसेकी आरतीले आफुले भनेको केही न्याय पाएपछि उनी अनसनलाई परिणत गरि धर्नामा बसेकी थिईन ।
आरतीको अहिलेको पहिलो माग भनेको रबिलाई भेटनु हो । रबिले आफना अहिलेका केही मागको सुनुवाई गरि धर्नाबाट बाहिर निकाल्नुपर्ने रहेको आरती भनाई छ । एक महिलाले न्यायधिस जस्तो श्रीमानले आफुलाई अन्यमा पारेपछि आवाज उठाएर एक्लै लडेको भन्दै त्यो लडाईको सम्मान गर्न गृहमन्त्री धर्ना सामु आउनुपर्ने उनको भनाईरहेको छ ।
यस्तै उनले आफनो स्वास्थ्य अवस्था निकै कमजोर रहेको र सरकारले यस बिषयमा ध्यान दिनुपर्ने बताईएकि छन । यसैसबिच यता २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले न्यायधिस गिरीलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।
२०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए । गिरी र आरतीबिच २०७५ साल असार १२ मा विवाह दर्ता भएको थियो। आरती गिरीकी दोस्री पत्नी हुन्। त्यसपछि सम्बन्धमा केही खटपट आएपछि गिरीले २०७६ साल मंसिरमा कैलाली जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए।
त्यसै समयमा आरतीले पनि २०७६ साल मंसिर ४ गते कैलाली जिल्ला प्रहरी कार्यालय जाहेरी दिएकी थिइन। भ्रुण हत्या र वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता भएको थियो। केही दिनपछि झुट्टा भन्दै आरती आफैले तामेलीमा राख्न माग गर्दे निवेदन गरेकी थिइन। त्यसपछि सहमतिमा दुवै जनाको मुद्दा तामेलीमा पठाइएको थियो। त्यसपछि पति पत्नी साढे दुई वर्षसम्म काठमाडौँमा सँगै बसेका थिए। त्यसपछि फेरि सम्बन्ध बिग्रेको थियो।
आरतीले कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरेकी थिइन। त्यसपछि गिरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबर्जस्तीकरणको मुद्दा दर्ता गरेकी छिन्। त्यसपछि २०७९ चैत २८ मा गिरीलाई पक्राउ गरिएको थियो। २० दिनसम्म प्रहरी हिरासतमा राखिएका गिरीलाई कपिलवस्तु जिल्ला अदालतले २ लाख ७५ हजार धरौटी र काठमाडौँ जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी लिएर छोड्ने आदेश भएको थियो। २९ गतेका दिन काठमाडौँ जिल्ला अदालतमा पेशी तोकिएको थियो। सरकारी वकिलको तर्फबाट पेशी स्थगित गरिएको थियो। सोही दिन नै सर्वोच्च अदालतमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।