Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहको अर्को कडा एक्सन ,सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने चेतावनी

बालेन शाहको अर्को कडा एक्सन ,सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने चेतावनी

बैशाख ५, काठमाण्डौ ।

काठमाण्डौका महानगरका मेयर बालेन शाह एकपछि अर्को कडा एक्सनका साथ सडकमा उत्रिरहेका छन । उनले चालेका कदमलाई लिएर यतिबेला देशब्यापी रुपमा उनको चर्चा पनि निकै बढ्दो छ । अधिकांशले देशको मेयर हुन त बालेन शाह जस्तो भनिरहेका हुन्छन ।यतिबेला भने फेरि उनले एक कदम चालेका छन । सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने उनले कडा चेतावनी दिएका छन ।

एक सार्वजनिक सूचना जारी गर्दै सडक पेटीमा नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएका हुन । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्। सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उनले बताइन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

’यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ’, उपप्रमुख डङ्गोलले भनिन् । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन र सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीन स्थल संकेत गर्नसमेत अनुरोध गरेको छ । निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ ।

महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको भन्दै सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ । पछिल्लो समय संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका अधिकांश सडक विकासका नाममा खन्ने तर नबनाउने प्रवृत्ति बाक्लिँदै गएको प्रति कडा बन्दै महानगरले यस्तो योजना बनाएको हो।

राजधानीका सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन्। भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्टाखुल्टी बाक्लो रूपमा देखिन थालेको छ। जसले सडक दुर्घटनाको जोखिमलाई पनि उत्तिकै बढाएको छ।निर्माणको ठेक्का पाएका निजी क्षेत्रका व्यवसायीले भत्काउने काम तुरुन्तै गरेपनि त्यसपछिको निर्माण भने समयमै गरेको पाइँदैन। सडक खनेर अलपत्र छाड्ने गैर जिम्मेवार प्रवृत्तिले राजधानीलाई धुवाँ र धुलोले कुहिरीकण्डल र यात्रालाई थप धराप बनाएको छ। खनिएका खाल्टा नपुरी त्यतिकै छाडिदिँदा यात्रा कष्टकर बनेको छ। पछिल्लो समय संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका अधिकांश सडक विकासका नाममा खन्ने तर नबनाउने प्रवृत्ति बाक्लिँदै गएको प्रति कडा बन्दै महानगरले यस्तो योजना बनाएको हो।