बैशाख ६ काठमाण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पछिल्ला केही दिनदेखी गृहमन्त्री रबि लामिछाने र रास्वपाका मन्त्रीप्रति निकै आक्रामक ढंगले प्रस्तुत भएका छन। उनले बिभिन्न कार्यक्रममा गृहमन्त्री रबि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि बिभिन्न कडा आपत्तिजनक अभिब्यक्ति दिदै आएका छन ।
अझ भनौ सुमना श्रेष्ठको पहिरन माथि त उनले सामाजिक सञ्जालबाटै बिरोध गरिरहेका छन । यसैसन्दर्भमा केही दिनदेखी चुनावी अभियानमा ईलाम पुगेकी सुमना श्रेष्ठको पहिरनलाई लिएर उनले सामाजिक सञ्जालमा लेखेको स्टाटको चर्चा निकै भईहरको छ । सुमनाको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भयो ।
तस्विरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्विरलाई लिएर शाहीले फेसकुबमा स्टाटस लेख्दै सुमनामाथि कडा टिप्पणी गरेका छन् । सुमनाले सस्तो लोकप्रियताका लागि नाटक गरेको उनको आरोप छ । शाहीले फेसबुकमा लेखेका छन ।
शिक्षामन्त्री सुमना श्रेष्ठले ‘टालेको सट’ लगाएपछी माननीय ज्ञानेन्द्र शाही लेख्छन् : ’सस्तो लोकपिरियताको लागि कति नाटक गर्छौ रु अमेरिकाको एमआईटि युनिर्भसिटीको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे रु अनि काठमाडौमा फेरि– फेरि गाडी चढ्ने सक्ने , एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, र काठमाडौको ५ स्टार होट्लमा बिदेशी श्रीमान सङ दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र
बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा –सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होईन रु तिमहिहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्ने सक्दैननरु तिमीहरु यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकि टोपलेको छौ रे बरु च्यातिएको सट लागाएको नाटक गर्नु भन्दा त केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरन इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाईने जनाताले बिजोग भएछ भनेर मतदान सङै कपडा दान पनि गर्नेछन अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुगनेछ तिम्रा रगरग ।’
दुई साताअघि राप्रपाले काठमाडौंमा गरको जनप्रदर्शनका क्रममा प्रहरीसँग शाहीको मुठभेड भएको थियो । त्यसक्रममा एक जना कार्यकर्ता समेत गुमाउनु परेको थियो ।त्यसपछि उनी गृहमन्त्री रबि लामिछाने प्रति खनिएका छन ।उनलाई बिभिन्न आरोपहरु लगाउदै राजिनामा समेत माग गरिरहेका छन ।