Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुन तस्करी प्रकरणका आरोपि जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी, अमेरिकामा लुकेको आशंका

सुन तस्करी प्रकरणका आरोपि जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी, अमेरिकामा लुकेको आशंका

बैशाख ६ काठमाण्डौं ।

सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेपछि फरार भएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी गरिएको छ । ६१ किलो सुन प्रकरणमा जोडिएका चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल बाट डिफ्यूजन नोटिस जारी गर्न केही महिना अघि पत्राचार गरिएको थियो ।

अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउने विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताएका छन । र उनी भारतको चण्डीगढबाट दुबई हुँदै अमेरिकामा गएर लुकेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउदै आएका छन । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्वीन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६१ किलो सुन मात्र भेटिएको थियो । ६१ किलोग्राम सुन तस्करी प्रकरणमा सीआईबीले दावा छिरिङसँग सम्बन्ध देखिएका करीब १०० जनासँग सोधपुछ गरेको थियो। यही सूचीमा जीवन चलाउने पनि थिए । यो मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । यता पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि पनि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर