Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

६ वैशाख, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कृतु भण्डारीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै प्रदर्शन गरेका हुन् । उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् ।

गैरकानुनी बाटो प्रयोग गरी रुसी र युक्रेनी सेनामा पुगेर जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य भएको जनाउँदै आयोगले तत्काल जीवन रक्षा गरी प्रभावकारी रूपबाट उद्धारको व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको थियो।्

रुस र युक्रेनबीच सन् २०२२ फेब्रुवरीदेखि युद्ध चलिरहेको छ। गैरकानुनी रूपबाट नेपाली युवा रुस र युक्रेनमा सेना बनेर युद्धमा सहभागी बनेको पाइए पनि सरकारले त्यसको वास्तविक आँकडा पाउन सकेको छैन।

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको ज्ञापनपत्रमा रुसमा रहेकाहरूको जीवनरक्षा तथा उद्धार गर्न माग गरिएको छ ।

रुसमा रहेकाहरूको जीवनरक्षा तथा उद्धार गर्न तथा नेपालीलाई गैरकानुनी रूपमा रुस लैजानेहरूमाथि कानुनी कारबाही गर्न परिवारजनले माग गरेका छन् । पीडित परिवार तथा रुसी सेनाबाट फर्किएर आएका नेपाली युवाका अनुसार रुसी नागरिकता प्राप्त हुने, मासिक चार लाखभन्दा बढी कमाइ हुनेलगायतका आवासन दिएर नेपालीलाई बिचौलियाले रुस लैजाने गरेका छन् ।

रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका सबै संयन्त्रलाई परिचालन गराइदिन पनि परिवारजनले माग गरेका छन् । गृहमन्त्री लामिछानेले आफ्नो मन्त्रालयको कार्यक्षेत्रबाट पीडितहरूका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।