Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गृहमन्त्री रबि लामिछाने भएपछि नेपालभर ब्यापक रुपमा अपराध अनुसन्धानको पाटो बलियो बन्दै ,

गृहमन्त्री रबि लामिछाने भएपछि नेपालभर ब्यापक रुपमा अपराध अनुसन्धानको पाटो बलियो बन्दै ,

बैशाख ६ काठमाण्डौं ।

रबि लामिछाने गृहमन्त्री भएपछि यतिबेला नेपालभर ब्यापक रुपमा प्रहरी परिचालन गरि अपराध अनुसन्धानको पाटो बलियो बन्दै गएको छ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछाले लिएका एक्सन र दिएको निर्देशनले देशभरको प्रहरी प्रशासन गम्भिरताका साथ आफनो डियुटी निभाईरहेको छ ।

उनले देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।

यसैसन्दर्भमा गृहमन्त्रीको निर्देशनमा चैत महिनामा मात्र निकै लागु औषध नियन्त्रणमा ब्यूरोबाट नेपालभर ब्यापक प्रहरी परिचालन गरि राम्रो उपलब्धी भएको छ। एक महिनामा मात्र लागु औषध सहित १२० जना समातिएका छन भने ७४ जनामा मुद्दा दर्ता भएको नेपाल लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक गोबिन्द थपलियाले बताएका छन । उनका अनुसार यो अवधिमा ५६।८ के।जि गांजा चरेस बरामद ,३।४ के।जि हिरोइन अफिम ,१।४५ के।जि कोकिन , ६ हजार पाच सय ९६ पिस औषधि र ८० हजार ट्रामाडोल क्याप्सुल बरामद गरिएको छ ।

यस्तै प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २१ वर्षीय दिने सुनुवार रहेका छन् । गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषधको प्रयोगको समस्या विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ। नेपाल पनि यो समस्याबाट दिन प्रतिदिन झन् बढी ग्रसित हुँदै गएको छ। सन् १९६० को दशकदेखि लागुऔषधको प्रयोगलाई नेपालमा समस्याको रुपमा लिन थालिएको हो। यस दशकमा विशेषगरी विदेशीहरूको आगमनसँगै नशाको रुपमा गाँजा र चरेसको प्रयोगको संस्कृति नेपालमा भित्रिएको मानिन्छ। लागु औषध नियन्त्रणका मुलभूत दुई खम्बाहरू आपूर्ति नियन्त्रण र माग घटाउ हुन्। जस अन्तर्गत नेपाल सरकार, गृह मन्त्रालयले लागुपदार्थको अवैध ओसारपसार, कारोबार एवम् आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यसलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्याक्रम सञ्चालन गर्दै आइरहेको छ।

इता सुरक्षा ब्यबस्थालाई चुस्त दुरुस्त बनाउन उनले यस अगाडि पनि निर्देशन दिएका छन् । गृहमन्त्री रबिले सरुवा बढुवाका लागि कतै आउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्ने बताउँदै त्यसका लागि केके गर्नुपर्छ योजना बनाएर ल्याउन प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई निर्देशन समेत दिईसकेका छन् ।