Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहले लिए अहिलेसम्मकै कडा एक्सनः एकपटक मात्र बिद्यार्थी भर्ना शुल्न लिन निर्देशन

बालेन शाहले लिए अहिलेसम्मकै कडा एक्सनः एकपटक मात्र बिद्यार्थी भर्ना शुल्न लिन निर्देशन

७ वैशाख, काठमाडौं ।काठमाडौँ महानगरका मेयर बालेन शाहले विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने गरि सबै संस्थागत विद्यालयहरुलाइ निर्देशन दिएका छन ।मेयर बालेनले संस्थागत बिद्यालयले बिद्यार्थी अभिभावक र आमसरोकारवालाईको माग र आवश्यकतालाई मध्यनजर गर्दै एकपछि अर्को कडा एक्सन लिदै आएका छन। यतिबेला भने उनले काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने गरि निर्देशन दिएका हुन ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ । महानगरको सूचनामा भनिएको छ,‘संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४।१ ९२० मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुहुन समेत अनुरोध छ ।’

सोही निर्देशिकाको दफा ४२७ मा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन पाइने छैन भन्ने व्यवस्था रहेको तथा संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४१ ९२० मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेको पनि महानगरपालिकाले उल्लेख गरेको छ। महानगरले अनुगमनको क्रममा ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्कलगायतका अन्य शुल्क लिइएको पाइएमा कारबाही गरिने उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिकाबाट अनुगमनको क्रममा प्रचलित ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको पाइएमा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित ऐन नियमबमोजिम कारबाही गरिने व्यहोरासमेत महानगरले जानकारी गराएको छ।बालेनले केही दिन अघि पनि नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको थियो । महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको थियो ।