७वैशाख, काठमाडौं । सुष्मा महरा नेपालको सौन्दर्य व्यवसाय क्षेत्रमा अग्रणी नाम हो । उनको फेसियल हाउस सौन्दर्य क्षेत्रमा स्थापित ब्राण्ड हो । नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । महराले वि।स। २०५५ सालबाट सौन्दर्य पेशा अंगाल्दै महिलाहरु व्यावसायिक रुपमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै फेसियल हाउसको जन्म भएको हो ।
त्यसबेला नेपाली समाजमा घर परिवारमा निकै ठूलो चुनौती थियो पार्लर व्यवसाय गर्न । भने व्यवसायिक यात्रा भने २०६४ सालदेखि ६ जना रोजगारी प्रदान गर्दै सुरु भएको थियो । यो चुनौतीको सामना गर्दै काठमाडौ मलको चौथो तल्लामा फेसियल हाउसको शुभारम्भ भएको हो । सुस्मा महराले व्युटीसियन पेशा अंगालेको २६ बर्ष भएको छ । र यतिबेला बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौ शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चित्वनमा आयोजित समारोहमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए । उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । हरियाली र सौर्यन्दय करण उन्मुख बनिरहेको भरतपुरमा फेसियल हाउसले राम्रो भूमिका खेल्ने बताए । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।
पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिदै आएको छ । चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछि यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने सक्नेछ ।
नेपालीहरुको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेशिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरुसंग सहकार्य गरेर हर्वल व्युटी, हेयर कस्मेटीक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिदै आएको छ । केही समयभित्र नै नेपालमा नै हर्वल कस्मेटीक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसले लिएको छ । फेसियल हाउस काठमाण्डौ उपत्यकाभित्रको मात्र नभई नेपालकै उत्कृष्ट लेडिज एण्ड जेन्स शैलुन बन्न पुगेको छ । १ सय ८० भन्दा बढी व्युटीसियनलाई फेसियल हाउसले रोजगारी प्रदान गरेको छ ।