Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दोहोरी छाडेर अष्ट्रेलियामै बस्दै आएकि सोचेझै जिन्दगी गीतकि गायिका मधु छेत्री लाइ थपियो खुसि , बन्ने भईन आमा -भिडियो सहित हेर्नुहोस

दोहोरी छाडेर अष्ट्रेलियामै बस्दै आएकि सोचेझै जिन्दगी गीतकि गायिका मधु छेत्री लाइ थपियो खुसि , बन्ने भईन आमा -भिडियो सहित हेर्नुहोस

बैशाख ११ काठमाण्डौं ।

सुपरहिट गीत सोचे झैँ जिन्दगि रैनछकि गायिका तथा निर्माता समेत रहेकी मधु छेत्री अहिले अष्ट्रेलियामा बस्दै आएकी छन । अष्ट्रेलियामा श्रीमान् र छोरी संगै बस्दै आएकी मधु क्षेत्रीले एक भिडियो सार्वजनिक गरिकी छन । सुरेश खड्कासंग दोश्रो बिबाह गरेकी मधुको जीवन कहानी भने निकै कहालीलाग्दो छ। र यतिबेला भने उनले सार्वजानिक गरेको भिडियोमा आफु बच्चाको आमा बन्न लागेको खबर दर्शकमाझ प्रस्तुत गरेकी हुन्। केहि बर्ष अगाडी मात्रै अष्ट्रेलियामै बस्दै आएका सुरेश खड्का संग बैबाहिक जीवना बाधिएकि मधु गत बर्ष मात्रै अष्ट्रेलिया लागेकी थिईन। बच्चाको आमा बन्ने भएकी छिन।

दोहोरी क्षेत्रकै फरक र बिशेष आवाज भएकी गायिकाको रुपमा पहिचान बनाउदै आएकी व्यक्ति हुन्। हक्की स्वभावकी मधु आफुलाई संगीत क्षेत्रमा के गर्दा ठिक के गर्दा बेठिक सबै जानकार थिईन तर उनले बैबाहिक जिवनमा बाधिएसंगै पूर्ण रुपमा दोहोरी क्षेत्र छोड्ने घोषणा समेत गरेकी थिइन। मधुले दोहोरी छाड्ने घोषणा मात्रै हैन उनले औपचारिक रुपमै दोहोरी गाउन छाडेकी छिन तर उनका केहि गीतहरुबाटनै मधुको जिवन्त परिचय झल्किन्छ। सानै देखि दुखले हुर्केकी मधु जव राजाधानी प्रवेश गरिन त्यस पछि झन् उनको जिवनमा दुखका पलहरु उर्लिएर आयो। सम्हाल्न नसक्ने गरि दुखका भेल बग्न थाल्यो उनि कहिले सडकमै बस्ने गर्थिन त् कहिले मन्दिरको पेटीमा यसैगरी जिन्दगीको यात्रा सुरु भयो ,काखमा छोरॆए च्यापेर राजधानी छिरेकी मधुले छोरीलाई डेरामै राखेर दोहोरी साँझमा जागिर गर्थिन ,रातको २ बजे हस्याङ्ग फ़स्याङ्ग गर्दै छोरीको चिन्ता गरेर डेरामा पुग्थिन मधु।

https://www.facebook.com/laligurashmedianetwork/videos/744443794481418

मधुले आमा हुनुको कर्तब्य राम्रै संग निभाएकी थिईन ,कहिले के भनेर जागिरबाट निकालिन्थीन त् कहिले के ,सबै भुमरीमा अल्झिएकि मधुको जीवन भने सोचे झैँ जिन्दगि रैनछ गीतलेनै बदलिदियो। सोहि गीत गरेर देश छाड्ने पक्का गरेकी मधुलाई लट्रीनै पर्यो। गीत बजारमा आए संगै लालीगुराँस डटकमका कमल सरगम संग मधुले दिएको अन्तरबार्तामा आफु जापाननै बस्ने गरि जान लागेको खुलाएकि थिइन।भिसाको प्रखाईमा रहेकी मधुलाई नेपालमा बसेर जति दुख गरे पनि सफल नभएको अभुभब समेत सुनाएकी थिइन तर संयोग भनौ उनको अन्तरबार्ता आएको केहि दिनमै गीतले गति लियो ,गति मात्रै हैन उमो गतिनै लियो ,दुई हप्तामै करोड नजिक गीत पुगेपछि सबैको नजर सोहि गीतमा पर्न गयो

गीत चलेपछि भने कलाकार टिममा बिबाद देखियो ,खेम सेन्चुरी र मधु बिचको बोलचालनै बन्द भयो ,भनिन्छनि सत्रुहरु लाइन लागेर बसेका हुन्छन सफल व्यक्तिहरुलाई छुट्याउन हो त्यस्तै भयो तर पनि मधु र खेमको दिदि भाईको सम्बन्ध भने फेरी मिलनमै परिणत भयो र दुवै पक्ष सहमतिमा आएको थियो। दोहोरीमा मधुको सक्रियतालाई सबैले मान्ने गर्थे। उनि एक सहासी नारीको परिचय दिन सधै अगाडी थिइन।

छोरीलाई काखमा च्यापेर दोहोरी गाउँन राजधानी छिरेकी मधुले समाज देखि संसार संगै लड्न पर्यो ,समाजले कुरा काट्दा पनि नहेरी आफ्नो दुख गर्न नछाडेकि मधु आज आफ्नो यात्रामा सफल भएकी छिन। भनिन्छ नि दुख पछि सुख अबस्य आउछ हो आज सुरेश खड्का संगको यात्राले मधुको जिवनमा सुखको पल भित्रिएको छ। मधुलाई सुरेशले असाद्धै माया गरेको भिडियोहरु बेला बेलामा मधु आफैले अपलोड गरिरहेको भेटिन्छ। दुबैको प्रेमको चर्चा समेत हुने गर्दछ।मधु अहिले पनि आफ्नो बिगतको यात्रालाई भुल्न सक्दिनन तर बर्तमानलाइ भने राम्रै संग सम्हालेर अगाडी बढेकी छिन। मधुलाई ठिक्क पर्यो भन्नेहरुलाई पनि उनले राम्रै संग झापड हानेकी छिन ,अहिले आफु मात्रै हैन आफ्नो छोरीलाई समेत साथैमा लिएर गएपछि झन् धेरैले मधुको प्रशंसा गरेका हुन्।

मधु संगीत यात्रामा फेरी कम्ब्याक नभएपनि संगीत यात्रालाई पुग्ने गीतहरु दिएर भने गएकि छिन। अष्ट्रेलिया जानु अगाडी उनि इन्द्रेणीमा पुगेर दर्जनौ दोहोरीहरु गएकी थिईन। उनका दर्जनौ दोहोरीहरु सुपरहिट छन् ,छत्र शाही संगको दोहोरी त् झन् सबैले रुचाएको दोहोरीमै पर्दछ। सबैको मनमा बसेकी मधु टुक्का फर्काउन भने बहुत माहिर छिन उनका टुक्का सुनेर सबै चकित हुने गर्दछन। मधुको आगामी जीवन अझै सफल रहोस सुभकामना।