Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कतारका राजा स्वदेश फिर्ता

कतारका राजा स्वदेश फिर्ता

१२ वैशाख -

दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वेश फिर्ता भएका छन् । उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको बिदाइ गर्न विमानस्थल पुगेर थानीको बिदाइमा सहभागी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।

थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबिच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कतारका राजा अमिरको नेपाल भ्रमणका क्रममा यतिबेला दुबैदेशबिच महत्वपूर्ण बिषयमा समझदारी र सम्झौता भएको छ। निकै महत्वपूर्ण राजाको भ्रमणको रुपमा लिइएको छ । यसैसन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । नेपालका तर्फ कानुनमन्त्री पदम गिरीले पालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए। सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानन्त्री प्रचण्डले कतारी अमिर शेख तमिम विन हमाद अल थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। मंगलबार नेपालको राजकीय भ्रमणमा आएका कतारी अमिर आजै स्वदेश फर्कनेछन्। कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो । थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन । यसले गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालबाट पटकपटक उच्चस्तरीय भ्रमणहरू भए पनि कतारबाट भने नेपालमा भईरहेको यो सबभन्दा ठूलो पहिलो उच्चस्तरीय भ्रमण हो । कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि मात्र कतारका तर्फबाट भ्रमण हुन लागेको हो । अहिलेसम्म कतारबाट मन्त्रीस्तरसम्मका भ्रमण भएका छन् । नेपालबाट सन् १९९८ मा तत्कालीन राजाहरू, पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख कृष्णबहादुर महरा र पटकपटक परराष्ट्रलगायत मन्त्रीहरूले कतारको भ्रमण गरेका छन् ।