काठमाण्डौं बैशाख १७ ।
सिरहामा मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र ३ बर्षिय बालिकाको शब भेटियो । स्थानीय रमेश यादवको ३ बर्षिय छोरी गत बुधबार बिहान १० देखी घरबाट हराई रही थिईन । छोरी रियाकुमारी यादव बेपत्ता भएपछि उनका परिवारले प्रहरीमा जानकारी गराए ।
त्यसलगत्तै प्रहरी खोजी तलास गर्न थाल्यो । विशेष सूचनाको आधारमा रमेशको घरभन्दा उत्तर पट्टीसँगै रहेका छिमेकी सोना देवीको घरको छत माथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टाभित्र सेतो कालो रंगको प्लाष्टिकको बोराभित्र रियाको शवलाई लुकाईछिपाई गरेको अवस्थामा फेला परेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार उनको हत्या गरि लुकाई राखिएको रहेका छ । ति बालिकाको हत्या गरेको आरोपमा यतिबेला छिमेकी घरका आमाछोरी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् । करिब १ वर्षदेखि सोना देवीका श्रीमान् धनिकलाल र रमेशको घर परिवारसँग झै–झगडा हुँदै आएकोमा सोही कुराको रिसिइवी राखी रियाको हत्या गर्ने योजना बनाएका थिए। गत बुधबार रमेशको छोरी रिया खेल्दै घर आंगनमा आएकोदेखि पसलबाट बिस्कुट खरिद गरी ल्याई रियालाई दिएर फकाई आफ्नो घरभित्र लगि घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही दिन अघि मात्र सिरहामा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ ।
३४ वर्षीया सरिताकी छोरा ५ वर्षीय आयुश साह बिहानदेखि नै देखा नपरेको भनी स्थानीय मानिसहरूले दिउँसो करिब साढे ५ बजेको समयमा प्रहरी चौकी लहानमा जानकारी गराउँदा इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट तथा प्रहरी चौकी लहानबाट खटेको प्रहरी टोलीले आयुशलाई मृत अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । प्रहरी टोलीले सरिता सुत्ने कोठामा रहेको बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुशलाई पोको पारी लुकाई छिपाई राखेको अवस्थमा फेला पारेको थियो ।
मधेश प्रदेशमा पछिल्लो समयमा हत्या हिंसाको घटना बढदै गएको छ । प्रेम सम्बन्ध, पारिवारिक र आर्थिक सम्बन्ध कारण भएको विवादका कारण धेरैले ज्यान गुमाएका छन्।समान्य विवाददेखि योजनावद्ध रुपमा हत्याको घटना भएको छन् । उता स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् ।