Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सीजीका प्रबन्ध निर्देशक निर्वाण भन्छनः आफ्नो उत्पादनलाई बदनाम गराउने हर्कत भइरयो

सीजीका प्रबन्ध निर्देशक निर्वाण भन्छनः आफ्नो उत्पादनलाई बदनाम गराउने हर्कत भइरयो

काठमाण्डौं बैशाख १७ ।

काठमाण्डौ महानगरका मेयर बालेन शाहले वाइ वाइ चाउचाउलाई लिएर चौधरी गु्रपलाई २ लाख रुपैयाँ जरिवाना गरेपछि (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो उत्पादनलाई बदनाम गराउने हर्कत भइरहेको बताएका छन्।

वाइवाई चाउचाउमा अखाद्य वस्तु भेटिएको भनी काठमाडौं महानगरपालीकाले २ लाख रुपैयाँ जरिवाना गरेपछी चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले वक्तव्य निकाल्दै भनेका छन अचम्मकै कुरा भन्नुपर्छ– वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ।

नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ। ‘चौधरी ग्रुपलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ’घ’ बमोजिम कसुर देखिएकोले ऐनको दफा ३० को उपदफा ’१’ को खण्ड ’ख’ बमोजिम २ लाख जरिवाना गरिएको छ,’ महानगरले भनेको थियो । यसविरुद्ध गरिएको गलत प्रचारको भ्रममा नपर्न उनले आम उपभोक्तालाई आग्रह पनि गरेका छन्। केही दिनअघि वाइवाई चाउचाउमा अखाद्य वस्तु भेटिएको भनी चर्चा भएको थियो।

आफूहरूले आईपीओमा जाने घोषणा गर्नासाथ वाइवाई ब्रान्डलाई बदनाम गर्न झुटा प्रचार सुरु गरिएको दाबी उनले गरेका छन्। चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट उत्पादन सुरु गरेको वाइवाइको आज पाँच देशमा उत्पादन हुन्छ भने ६० भन्दा बढी देशहरूमा बिक्री हुँदै आएको छ । विश्वव्यापी नेपाली स्वाद बनेर फैलिरहेको वाइवाइको यो सफलताको पछाडिको प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको छ ।

कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ । उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुन गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।

सीजीसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याब गरि गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परिक्षण गरिन्छ ।

विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको छ । वाइवाइको सफलता धेरै वर्ष देखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।