Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट राज कार्की सम्मानित

‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट राज कार्की सम्मानित

काठमाडौँ । युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया तेस्रो अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०८१’ मा उनलाई सम्मान गरिएको हो ।

सूर्यविनायक ३ बालकोटका कार्कीलाई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप राष्ट्रिय व्यवसायी सम्मान प्रदान गरिएको छ । नेपाल संगीत उद्योग संघद्वारा आयोजित कार्यक्रममा विश्नाथ केडिया तेस्रो अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । उनी बागबजारस्थित सुट्मालाका सञ्चालक हुन् ।

नेपाल संगीत उद्योग संघले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्व अध्यष तथा पूर्व प्रधानन्यायधिस खिलराज रेग्मी, उद्योग संघका अध्यक्ष सुर्य बहादुर मगर, महासविच जित बहादुर रावत लगायतका व्यक्तित्वको उपस्थिीतिमा सम्पन्न भएको थियो ।