Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

काठमाडौं, २६ बैशाख

राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन यही २८ र २९ बैशाख काठमाडौंमा आयोजना हुँदैछ । कलाकारहरु यतिबेला अधिवेशनको चापमा छन् ।

यसपटक राष्ट्रिय संगीतकर्मी संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । यतिबेला सो निर्वाचनको लागि संघमा आबद्ध कलाकारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसै क्रममा हालका बरिष्ट उपाध्यक्ष ९कार्यवाहक अध्यक्ष० प्रकाश कटवालले संघको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफुले कार्यवाहक अध्यक्षको रुपमा संघको सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको र केन्द्रिय अधिवशेन तथा १८ औं वार्षिक साधारण सभाको सबै तयारी पनि गरिसकेको उनले बताए ।

‘संघका बर्तमान अध्यक्ष विक्रम जँग शाहज्यू कार्य व्यस्तताका कारण बिदेशमा भएपछि केही समय यताबाट कार्यवाहक अध्यक्षको रुपमा मैले काम गर्दै आएको छु ।’ प्रकाशले भने,‘कार्यबाहक अध्यक्षको जिम्मेवारी समालेर संघको ७५ वटा जिल्ला, ७ वटै प्रदेश र उपत्यका विशेष कमिटीसंगै दोहोरी कलाकार समिति र नृत्य बिभाग समितिसम्मको अधिबेशन सम्पन्न गरेको छु ।’

उनले अध्यक्षमा उम्मेदवारीबारे भने,‘संघका कलाकार साथीहरुको सल्लाहमा मैले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको हुँ । कार्यवाहक भएर यतिबेला संघको लागि काम गरिरहेको छु अझ धेरै योजनाहरु पुरा गर्नका लागि पनि अध्यक्षमा आउन लागेको हुँ ।’

संघका पूर्ब अध्यक्ष रेशम थापा रक्त चापले ढ्लेको बेलामा संघका तर्फबाट रेशम थापा बचाउ अभियानको संयोजकसम्म रहेर रेशम थापाको उपचार समेत आफुहरुले सम्पन्न गराउन सकेको प्रकाशले बताए । संघमा अब रहेर कलाकार कोष निर्माण, संघको भवन निर्माणसहित विभिन्न लक्ष्य रहेको पनि उनले जानकारी गराएका छन् ।

राष्ट्रिय संगीतकर्मी संघमा दोस्रो महाधिबेशनबाट कार्यसमिति सदस्यको रुपमा प्रकाशले जिम्मेवारी बहन सुरु गरेका थिए । त्यसपछि तेस्रो महाधिबेशनमा उपाध्यक्ष आएका प्रकाश कटवाल राष्ट्रिय संगीतकर्मी संघमा चौथो महाधिबेशनमा प्रथम उपाध्यक्ष र पाचौं महाधिबेशनमा बरिष्ठ उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाले ।