Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कैलाश सिरोहियालाई म्याद थप्ने भएपछि जनकपुरधामका मेयर नै बसे धर्नामा,जसरी पनि आजै छाड्नु पर्ने

कैलाश सिरोहियालाई म्याद थप्ने भएपछि जनकपुरधामका मेयर नै बसे धर्नामा,जसरी पनि आजै छाड्नु पर्ने

११ जेष्ठ २०८१ , काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा यति बेला जनकपुरधामका मेयर मनोज कुमार साह नै धर्ना बसेका छन् ।पछिल्लो समय सिरोशियाको बिषयलाई लिएर जनमत दुई भागमा बिभाजित बनेको छ । आज सिरोहिया माथी अनुसन्धान नसकिए पछि म्याद थप्ने तयारी गरिएको छ । तर, उनलाई हिरासत मुक्त गर्नु पर्ने भन्दै मेयर नै धर्नामा बसेका हुन । उनी जिल्ला अदालत धनुषा अगाडि मेयर साह धर्ना बसेका छन् । उनीसँगै केहि नगरवासी पनि धर्नामा छन् । सिरोहियालाई साधारण तारेखमा राखेर छाड्नुपर्ने मेयर साहको माग छ ।

उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप समेत लगाएका छन । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत लगेको छ । उनीस् माथी नागरिकता किर्तेको आरोप भएकाले गहन रुपमा छनविन गर्ने प्रहरी बताउँछ । यता धेरै आम सञ्चारहरुले सिरोहियालाई पक्राउ गरेकोमा आपत्ति जनाउदै आएका छन् । भने प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि खण्डन गरिरहेको छ । हिरासतमा रहेका सिरोहियाले आफूले प्राप्त गरेको नागरिकता प्रचलित कानुनबमोजिम राज्यको निकायबाट प्राप्त गरेको भए पनि यति बेला विवादमा ल्याउनुका पछाडि गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेका शृंखलाबद्ध गल्तीहरुबारे लेखिएका रिपोर्टिङविरुद्ध साँधिएको प्रतिशोध मूल कारक रहेको बताएका छन् ।

र जनकपुरबाट प्रष्टीकरण सार्वजनिक गरेका हुन् । उनीहरुले अहिले उत्पन्न गराइएको विवादका पछाडि सिरोहियाको नागरिकता मूख्य कारक नभई कान्तिपुर लगायत मिडियाले सहकारी ठगी प्रकरणमा राज्यका गृहमन्त्री नै जोडिन पुगेको उजागर गरेसँगै यो योजना बुनिएको दाबी गरेका हुन् । दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो । प्रहरीकै अनुरोधमा मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । । सिरोहियालाई पक्राउ गरे पवछि यतिबेला राजनिती बृत्त नै तरङगीत बनेको छ । राजनितीक दलका नेताहरुले सिरोहियालाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।