१२ जेष्ठ २०८१ , काठमाडौँ
क्रिकेटर सन्दिप लामिछानेलाई वर्ल्ड कपको लागि अमेरिकारले भिसा दिएको। भन्दै मध्यरातमा सामाजिक सञ्जालमा हल्ला फैलियो । उनका समर्थकहरुले त्यो कुराको बिश्वास गर्दै सामाजिक सञ्जालमा बधाई पनि दिईरहेका थिए । तर त्यो हल्ला भने भुट थियो ।किन कि उनको भिसाको प्रक्रिया अहिले चलिरहेको छ । सन्दीपको अमेरिका यात्रा केहीदनमा मात्र निश्चित हुने श्रोतले बताएको छ ।
उनले अहिलेसम्म भिसा पाएका छैनन् भने भिसाको प्रक्रियाको लागि मन्त्रालयबाट काम भईरहको छ। खेलकुदबाट सिफारिस भएर परराष्ट्रमा कूटनीतिक नोट बनाउनका लागि आग्रह गरिए पनि अझै नोट तयार भने नभएको परराष्ट्र स्रोतले बताएको छ । जसका कारण सन्दीपको भिसा प्रक्रिया अन्योलमै रहेका बेला सामाजिक सञ्जाल प्रयोगकर्ता भने सन्दीपको भिसा लागेको खबर प्रकाशित गरेकोमा सन्दीप निकट व्यक्तिहरूले आपत्ति जनाएका छन् । अमेरिकी दूतावास शनिबार र आइतबार बिदा हुने भएकाले नयाँ जे जति प्रक्रिया अघि बढाउने विषय सोमबार मात्रै तय हुने छ । परराष्ट्रका अधिकारीहरूले पहिलो दूतावाससँग समन्वय गरेर भिसा दिने निश्चित गरेपछि मात्रै कूटनीतिक नोट बनाउने अवस्थामा रहेको स्रोतले जनाएको छ ।
यतिबेला क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । अेरिकाले सन्दिपलाई भिजा नदिए पछि अहिले सबत्र आलोचना भई रहेको छ । यतिबेला नेपाल क्रिकेट संघ क्यानले अहिले प्रकृया सुरु गरि सकेको छ । प्रधानमन्त्री कार्यालय , गृहमन्त्री कार्यालय , खेलकुद मन्त्रालय, परराष्ट्रि मन्त्रालय सबै तिर क्यानले पहलका लागी आग्रह गरेको थियो । क्यानको आग्रह पश्चात परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको हो । विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर यतिबेला नेपाली क्रिकेटका समर्थकहरुले अमेरिकी दुताबासको फेसबुक पेजमा समेत गएर आक्रोस पोखिरहेका छन् ।
अमेरिकाले भने अहिले सम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । विश्वकप खेल्ने टिमले आज २५ मेसम्म आफ्नो स्क्वाड घोषणा र हेरफेर गर्न सक्छन् । यद्यपि, टीमलाई आवश्यक पर्दा जुनसुकै बेला पनि आईसीसीको अनुमति लिएर खेलाडी परिवर्तन गर्न सकिन्छ । आईसीसीले सन्दीपलाई स्क्वाडमा समेट्न अनुमति दिइसकेको छ ।
नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ । नेपालको टोलीमा आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह रहेका छन् । नेपालले जुन ४ देखि आइसिसी टी–२० विश्वकप खेल्दै छ । समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपमा दोस्रो पटक यात्रा सुरु गर्ने छ ।