Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्धसैनिक बलले सुडानमा गरेको आक्रमणमा ३८ जनाको ज्यान गयो

अर्धसैनिक बलले सुडानमा गरेको आक्रमणमा ३८ जनाको ज्यान गयो

अर्धसैनिक बलले सुडानमा गरेको आक्रमणमा ३८ जनाको ज्यान गएको छ । सुडानको एल–फाशर शहरमा भएको हमलामा दर्जनौं घाइते भएका छन् ।

सुडानको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले उत्तरी डार्फर राज्यको राजधानीको केन्द्रलाई चारवटा उच्च–विस्फोटक क्षेप्यास्त्रले निशाना बनाएको हो । ती क्षेत्रमा महिलामाथि अर्धसैनिक बलका लडाकुहरूले यौनशोषण समेत गरेका छन् । उता सुडानको डार्फरस्थित अस्पतालमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अर्धोघान गेब्रेयसले यो घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । सुडानमा उक्त बलले बषौदेखि जारी राखेको आक्रमणका क्रममा हजारौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् ।