काठमाडौँ । अमेरिका र इरान बिचको युद्ध थप चर्किएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठुलो आक्रमण गर्न तयारी भइरहेको दाबी गरेका छन् ।
ट्रम्पले इरानले अझै पीडा नभोगेको भन्दै धम्की दिएपछि इरानले पनि तुरुन्तै प्रतिक्रिया जनाएको छ। इरानले अमेरिकाले आक्रमण जारी राखेको खण्डमा उसले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
यसैबिच बेलायतले पनि आफ्नो सेनालाई सतर्कतामा राखेको छ। बेलायती सरकारले आवश्यक परेमा आफ्नो सेना देशको रक्षा गर्न तयार रहेको बताएको छ।