Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

नेपालमा दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द

नेपालमा दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द

काठमाडौँ । दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने यी   ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको हो । 

सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी  रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने।’ 

सोही निर्णयअनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । ती वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।