Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकन एअरलाइन्सको ६४ जना यात्रु सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो, १८ जनाको शब भेटियो

अमेरिकन एअरलाइन्सको ६४ जना यात्रु सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो, १८ जनाको शब भेटियो

वाशिंगटनको आकाशमा सेनाको हेलिकोप्टर ठोक्किँदा यात्रुवाहक विमान दुई टुक्रा भएको छ । आकाशमै ठोक्किएर भएको दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ ।  विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ । सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए ।   अमेरिकन एअरलाइन्सको उक्त विमान विमानस्थल नजिकैको पोटोम्याक नदीमा दुई टुक्रा भएर खसेको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए ।। क्यान्सास राज्यको विचिटाबाट वाशिंगटन आइरहेको विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा भएको हताहतबारे केही बताइएको छैन । विमान खसेको ठाउँमा खोजी र उद्धार थालिएको छ । तर, मौसम निकै चिसो भएकाले उद्धारमा कठिनाई भइरहेको समाचारमा जनाइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमा तीन सैनिक सवार थिए । हेलिकोप्टर भर्जिनियाको फोर्ट बेल्भोयरबाट उडेको थियो । यस अगाडी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो । दुई जनालाई भग्नावशेषबाट जिवीतै उदार गरिएको थियो । उनीहरु दुवै चालक दलका सदस्य थिए ।

दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको थियो । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको थियो । अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख गरिएको थियो । गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ ।  यता नेपाल पनि बारम्बार विमान दुर्घटना हुने मुलुकमा पर्छ ।  विभिन्न कम्पनीका जहाजले आन्तरिक उडानका क्रममा बेहोरेको दुर्घटना, हेलिकोप्टर दुर्घटना र बाह्य देशबाट नेपाल आउँदा बेहोरेका मानवीय क्षतिसहितको दुर्घटनाको सूची दुई दर्जन बराबर छन् । मानवीय क्षति बेहोर्नु नपरेको दुर्घटनाको सूची त झनै लामो बन्छ । यसबाट पनि हाम्रो हवाई उडान क्षेत्रमा योजनाबद्ध सुधारको पहल गर्न ढिलाइ भइसकेको देखिन्छ ।