Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित

आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित

काठमाडौँ । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । आम आदमी पार्टीका अध्यक्ष रहेका उनी पराजित भएका हुन । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।

बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् । भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।