Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराज भट्टले साइन गरे ‘राम नाम सत्य’,अब ’१२ गाउँ २’ के होला ?

विराज भट्टले साइन गरे ‘राम नाम सत्य’,अब ’१२ गाउँ २’ के होला ?

काठमाडौँ । अभिनेता विराज भट्टले नयाँ फिल्म साइन गरेका छन् । फिल्म ’१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा उनले ’राम नाम सत्य’ साइन गरेका हुन् । विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् ।

फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ । फिल्म ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई फिल्म अफरको लाइन लागेको छ । तर, विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । फिल्मको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन् । म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन् । फिल्ममा कथा पनि उनको नै छ । फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ । फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ ।  नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् ।

यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए । नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिँदै जाने योजना निर्माणपक्षको छ । पछिल्लो समयमा १२ गाउँ फिल्मले उनको क्रेज निकै बढाएको छ । १२ गाउँको अपार सफलता पछि उनले १२ गाउँ २ बनाउँने घोषण गरिसकेका छन । उनले यो चलचित्र बाट अनपेक्षित रुपमा सफलता पाएका छन ।

१२ गाउँमा उनका छोरा समीर भट्टको समेत अभिनय रहेको थियो उनको पनि नेपाली सिने जगतमा दमबार इन्ट्री गराउँन सफल भएका छन । बिराज र समीरको चर्चा पनि निकै हुने गरेको छ । यतिबेला पनि समीरको चर्चा निकै हुने गरेको छ उनको चलचित्र बलिदानलाई लिएर यतिबेला धेरै चर्चा समेत भैरहेको छ।