काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । मंगलबार मध्यरातमा बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ुअपरेशन सिन्दूरु अन्तर्गत आक्रमण गरिएको हो ।
पाकिस्तानको इन्टर(सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
आक्रमणमा परी दर्जनौँको ज्यान गएको खबरहरू आइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूले सय जनाभन्दा बढीको मृत्यु भएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन । मोदी आफैले रातिभरी नसुती आफनो पुरै ध्यान पाकिस्तान आक्रमणमा लगाएको समेत बताइएको छ ।