Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारत र पाकिस्तानको युद्धपछि दक्षिण एसियामा युद्धको त्रास बढ्यो,मोदी पछि नहट्ने

भारत र पाकिस्तानको युद्धपछि दक्षिण एसियामा युद्धको त्रास बढ्यो,मोदी पछि नहट्ने

काठमाडौँ । भारत र पाकिस्तानको युद्धपछि दक्षिण एसियामा युद्धको त्रास बढेको छ । केही दिन यता यी २ देशमा युद्ध थप चर्किएको छ । यो युद्धलाई यतिबेला विश्वले हेरिरहेको छ । कोही पाकिस्तान त कोही भारतको पक्षमा खुल्ने क्रम बढेको छ । दशकौँ देखी कट्टर् दुश्मन रहेका यी देशले आफु सकिने वा सकाउँने भन्नेमा लागेका छन । बुधवार मध्यरातमा भारतले अपरेसन सिन्दुर नाम दिएर पाकिस्तान माथि आक्रमण गरेपछि अहिले सम्म पनि निरन्तर जारी रहेको छ । मोदीले यसपालि पाकिस्तान लाई नै ध्वस्त पार्ने गरि योजना बुनेका छन भने पाकिस्तानले पनि भारतलाई मेट्ने धम्की दिइरहेको छ ।

भारत र पाकिस्तान बिचका कश्मीरलाई लिएर निरन्तर रुपमा लडाई हुने गरेको छ । मंगलबाररातिको हमलाको जवाफ दिने पाकिस्तानको भनाईले यो तनाव अझै लम्बिने सम्भावना देखिन्छ । ब्रिटिस उपनिवेशबाट अलग भएदेखि नै दुस्मनीपूर्ण सम्बन्ध रहेका भारत र पाकिस्तान आफ्ना जनतालाई निर्णायक कारबाही गरेर जित हात पारेको देखाउन चाहन्छन् । तर, दुवै देशका नेताका यस्ता गल्तीले दक्षिण एसियालाई युद्धतर्फ धकेल्ने गरेको छ । विश्वका २ शक्तिशाली राष्ट्र अमेरिका र चीनले आफनो प्रतिकृया दिएका छन । चीन पाकिस्तानको पक्षमा खुल्दा अमेरिकाले भने भारतलाई साथ दिइरहेको छ । भारत र पाकिस्तान बिचमा आक्रमण जारी रहेको छ,पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो ।

आक्रमणबाट ५७ जना घाइते भएका छन् ।

यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । यसैबिच, भारतीय सेनाले सीमाको आफ्नो छेउमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई निशाना बनाएको बताएको थियो । जबकि पाकिस्तानले आक्रमणहरू ६ स्थानमा भएको बताएको छ । पाकिस्तानले बारम्बार पाँच भारतीय जेट र एक ड्रोन खसालेको दाबी गरेको छ, जुन भारतले पुष्टि गरेको छैन । भारत प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहेको छ जसले हजारौँको ज्यान लिएको छ । भारत र पाकिस्तान दुवैले कश्मीरलाई पूर्ण रूपमा आफ्नो दाबी गर्ने गरेका छन । यतिबेला भारतले पाकिस्तानमा रहेका ’आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरेर आक्रमण गदैँ आएको छ । आक्रमणले गर्दा भारत र पाकिस्तानका हजारौँ नागरिक विस्तापित भएका छन । हवाई उडान रद्ध हुनुका साथै नागरिहरुले देश छोड्न सुरु गरेका छन ।