Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेन जी आन्दोलनलाइ समिक्षा अधिकारी सब्दहरु सहित समर्थन

जेन जी आन्दोलनलाइ समिक्षा अधिकारी सब्दहरु सहित समर्थन

नेपालको राजनतिक अवस्था विश्लेषण गर्ने क्रममा मैले पटक पटक लेख्दै आएको छु कि हाल राजनीतिको श्रीष स्थानमा रहेका दलहरु र तिनका नेताहरुको आफ्नै कर्मको कारणले वहाँहरुको विस्थापन अत्यावश्यक , अनिवार्य र अवश्यमभावी छ । नेपालमा निरंकुशताको अन्त्य अनि प्रजातन्त्र स्थापनामा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको सत्यका वावजुद प्रजातन्त्र स्थापना पछिका केहि वर्ष भित्रै भ्रष्ट , अनैतिक र कुसंस्कारी बन्दै गएको वहाँहरुको व्यवहार झन संघीय गणतन्त्रको स्थापना पश्चात थप विकृत बनेको परिवेशमा अहिलेको सचेत समाजले वहाँहरुको विकल्प खोज्नु अनिवार्य छ भन्ने म र मै जस्ता धेरैको निष्कर्ष गलत किमार्थ थिँदै थिएन । यद्धपि बदलिँदो विश्वराजनितिक परिवेशले सिर्जना गरको अन्योलता , कोभिड १९ महामारीले समाजमा सिर्जना गरेको प्रतिकुलता अनि भूराजनीतिक महत्वका छिमेकिहरुले असमयमा सिमा समस्याहरु सिर्जना गरेका हुँदा पैदा भएको जटिलताहरुको कारणले गर्दा समाजमा अलोकप्रिय हुँदा हुँदै पनि कतिपय दल र तिनका नेताहरुको शासन नेपाल र नेपालीको निम्ती वाध्यता बन्दै आएको पक्कै थियो । यद्धपि जनताको माया र समर्थन गुमाइसकेको अवस्थामा पनि परिस्थितिको वाध्यताको जगमा शासनमा आसिनहरुलको निम्ती समय कुनै पनि बेला अति प्रतिकुल हुनु अनौठो हैन स्वाभाविक र सामान्य नै हो । त्यसो हुँदा हाल शासनको केन्द्रमा रहेका दलहरु र तिनको नेताहरुलाइ हिजो केहि न केहिका मण्डले , कुण्डले , ठग र प्रतिगामी राजावादीहरुले त आच्छु आच्छु पारेका थिए भने आज समाजको सवै भन्दा कान्छो अर्थात जेन जी ( Gen Z ) पुस्ताले धावा बोल्नु अति स्वाभाविक मात्रै नभई त्यो अत्यावश्यक भैसकेको थियो । त्यसो हुँदा सबै भन्दा पहिला नेपाल र नेपालीको हितलाइ केन्द्रमा राखेर निस्वार्थ गरिने कुनै पनि आन्दोलनलाइ जस्तै जेन जीको आन्दोलनलाइ पनि साथ र समर्थन छ । त्यसो गर्दै गर्दा पनि हिजोका दिनमा नेपाल भित्रै अनि विश्वका अन्य धेरै देशहरुमा भए गरेका आन्दोलनहरुको उठान , विकास र तिनीहरुको सम्वोधन रुपी परिणाम अनि त्यस पछि तत देशहरुको अवस्थाको अध्यन अनुसन्धान र विश्लेषणको आधारमा केहि कुराहरु जरुर राख्नै पर्छ ।

 

त्यसको सुरुवातमा हाम्रै देशको इतिहासको सन्क्षिप्त चर्चा गरौँ । सवै भन्दा पहिला त निरङ्कुश तानाशाही जहानिया राणा शासनको व्यापक थिचो मिचो विरुद्ध जनता आन्दोलित भएर प्रजातन्त्र स्थापनाको सम्मुखमा राणाहरुको हुकुमी शासन बाट आफैं पनि पिडित राजा समेत आन्दोलनकारी संग मिल्न आइपुगेका थिए । जनताको त्याग वलिदान र संघर्षको परिणाम बाट लाभान्वित हुन आन्दोलनकारी संग राजा पनि मिसिन आइसके पछि नेपालमा प्रजातन्त्र स्थापना भयो तर केहि वर्ष भित्रमा नै आन्दोलन बाट आएका नेताहरुको बेमेलको जगमा तत्कालिन राजाको निरंकुशता लाद्ने चाहनाले पूर्णता पायो र प्रजातन्त्रको ठाउँमा निरङ्कुश पंचायती व्यवस्था ल्याइयो । त्यस व्यवस्थाको रजगजमा पनि प्रजातन्त्र स्थापनाको निम्ती विस्तारै जनताहरु संगठित हुँदै गए अनि शासकीय दमनका वावजुद पनि जनताले जवर्जस्त आन्दोलन उठाएर नेपालमा प्रजातन्त्र स्थापना गराए । त्यसरी आएको प्रजातन्त्रले सँस्थागत हुन केहि वर्ष पनि नपाउँदै प्रजातन्त्र ल्याउने आन्दोलनको नेतृत्व गर्ने दलहरुका नेताहरु भ्रष्टहरुको संगतमा फस्दै गएर अलोकप्रिय बन्दै गएको परिवेशमा नै नेपालले माओवादीको कथित जनयुद्ध रुपी हिंशा र आतंकको सामना गर्न वाध्य भयो । तत्कालिन अवस्थामा हिंशा र आतंकको सहारा लिने माओवादी नेतृत्व तहमा रहेकाहरुको मनमा आफ्नो सत्ता स्वार्थ वाहेक केहि थियो कि थिएन थाहा छैन तर उनीहरुको कुरा पत्याएर आफ्नो जीवन आहुति दिन तयार युवाहरुमा चाहिं देशको हित भन्दा अरु कुनै स्वार्थ पक्कै थिएन भन्दा अहिले पनि गलत भनेको जस्तो लाग्दैन । त्यसै विचमा राजा बिरेन्द्र र उनको सम्पूर्ण परिवारको दरवार भित्रै हत्या भयो जसले गर्दा तत्काललाइ राजाका भाइ राजा भएको भए पनि परम्परागत राजतन्त्र समाप्त हुने अवस्था त्यहीं बाट बन्यो । तर वास्तविकतामा चाहिं फेरी दाइको वंश नास भैसके पछि राजा भएका ज्ञानेन्द्र शाहले राजा भएको केहि समयमै भ्रष्ट र अकर्मण्य भएको तत्कालिन दलिय सरकारलाइ अपदस्त गरेका थिए र त्यसलाइ पनि परिवर्तन चाहने जनताको पंक्तिले शंका सहितको सुविधा दिएकै थिए तर राजाको अपरिपक्क , दम्भी र अदुरदर्शी व्यवाहारले सुरुमा राजा बाट आशा गरेकाहरु र उनका विरोधीहरु सबैलाइ एकै ठाउँमा ल्यायो । अन्तत माओवादी हिंशालाइ परिवर्तनको माध्यम ठान्ने पंक्ति , राजाको निरंकुशता र अदुरदर्शिता बाट नाखुस जनताको पंक्ति र आफु भ्रष्ट भएको सत्य नबुझ्ने तर लोकतन्त्रको दुहाई दिन नछोडने संसदीय दलका नेताहरु एकै ठाउँमा आएर नेपाललाइ संघीय लोकतान्त्रिक गणतन्त्र सम्म पुर्याए । यति हुँदा सम्म नेपाललाइ अस्थिर बनाइ राख्न चाहने शक्तिहरुले कहिले कसलाई त कहिले कसलाई यो वा त्यो ढंगले खेलाउन छोडेको पनि पक्कै थिएनन तर जे होस जनताको आन्दोलनले नेपाललाइ आफैं मालिक बनेका जनताले पूर्ण रुपमा शासन गर्न सक्ने अवस्थामा पुर्याएको जरुर थियो । तर नेपाल र नेपालीको विडम्वना ऐतिहासिक राजनीतिक उपलव्धिको वावजुद नेपाली जनताका अपेक्षाहरु हुनुपर्ने जति र चाहे जति पुरा हुन सकेन । केहि केहिले भन्ने जस्तो कतै केहि भएन भन्ने चाहिं पक्कै हैन, त्यस परिवर्तन यता नेपालले विगतको तुलनामा धेरै परिवर्तन देख्यो तर पनि चाहे जस्तो र चाहे जत्ति पक्कै नभएकै हो । अनि सबै भन्दा दुखद चाहिं विगत देखि क्रियाशील दलहरु संगै नया र आशा गरिएको भनिएको माओवादी पनि भ्रष्ट र विचौलियाहरुको जन्जाल बाट बाहिर रहन सकेन त्यसले थप निरासा र आक्रोश पैदा गरायो । त्यही आक्रोश र आवेगका विचमा जनताले बलेन साह , हर्क साम्पाङ्ग सहित केहि स्वतन्त्र व्यक्तिहरुलाइ अत्याधिक मत सहित स्थानीय सरकारमा अनि राष्ट्रिय स्वतन्त्र पार्टी सहित केहि दललाइ संसदमा पनि पुर्याएका छन ।

 

माथि सन्क्षिप्त रुपमा चर्चा गरिएको नेपालको राजनीतिक घटनाक्रमहरु र त्यसका असरहरु देश काल परिस्थिति अनुसार फरक फरक होला तर त्यहाँ एक खालको समानता भने रहँदै आएको छ त्यो के हो भने नेपाली जनता सदैव परिवर्तनको पक्षमा रहँदै आएका छन । कुनै प्रकारको दमन , हिंशा आतंक वा चलखेलले नेपाली जनताको परिवर्तन प्रतिको संकल्पलाइ बदल्न सकेको छैन तर फेरी कुनै पनि परिवर्तनको असरले जनताको मनोकामनालाइ पूर्ण सम्वोधन गर्न पनि सकको छैन । अझै स्पष्ट रुपमा भन्नु पर्दा नेपाली जनताले समय समयमा गरेको परिवर्तनले तत्कालिन अवस्थामा शासन सत्ताको हालीमुहालीमा रहेका पात्रहरुमा त परिवर्तन ल्यायो तर प्रवृति चाहिं बदल्न पक्कै सकेन । त्यति मात्रै नभई शासन सत्तामा रहेका पात्र र प्रवृति बदल्छु भन्दै आन्दोलन गरेर त्यसलाई टुँगोमा पुर्याउनेहरु मध्य धेरै त आफैं फेरी अर्को आन्दोलनले तारो बनाउनु पर्ने पात्र बनेको विडम्वना पनि देखियो । त्यसले कहीं कतै कुनै पनि जनताको परिवर्तनको चाहना पुरा गराउने मसिहा ठानिएकाहरु आफैं कतै कसैका प्यादा त थिएनन ? कतै जनताको आक्रोश र आवेगको ज्वालालाइ मुस्लो बनाई भएको शासन धरासायी पार्ने अनि त्यसो गर्दै नेपाल देशलाइ अस्थिर बनाउने कोहि कसैको चाहनाको वहाँहरु गोटी त हुनुहुन्थेन ? भन्ने सवाल जवर्जस्त रुपमा आउंछ नै । नत्र किन त कुनै बेला प्रजातन्त्रका मसिहा ठानिएका गिरिजा प्रसाद कोइराला , शेर बहादुर देउवा र केपी ओली देखि गणतन्त्रका मसिहा ठानिएका पुष्पकमल दाहाल प्रचण्डहरु आज जनआक्रोशको स्वाभाविक हकदार हुनु भयो ? अनि किन देउवा , ओली र प्रचण्डहरु बाट छुटकारा दिलाउन सक्ने आशा गरिएका रवि लामिछानेहरु आफैं सहकारीमा राखेको पैसामा सपनाको महल खडा गर्ने जनता ठगिको आरोप व्यहोर्दै जनताको आँशुको कारण बन्न पुग्नु भयो ? कतै वहाँहरुको प्रतिवद्धता सुरु देखि नै झुटो थियो वा वहाँहरु समयक्रममा यो वा त्यो हिसाबले बिक्नु भयो ? यो गम्भीर र महत्वपूर्ण सवाल हो । अव उल्लेखितहरुको राजनीति करिव करिव समाप्त हुँदै रहेको वर्तमानमा त यो सवाल झनै महत्वपूर्ण छ किन कि अव वहाँहरुको चंगुल बाट देश र जनतालाइ वाहिर निकाल्छु भन्दै आन्दोलनमा उत्रिएकाहरु पनि कतै वहाँहरु जस्तै हुने हो कि भनेर जवर्जस्त आशँका हामिले गर्नु पर्ने छ । त्यति मात्रै हैन आन्दोलन र आन्दोलनकर्ताहरुको कर्म प्रति निसर्त समर्थन गर्नु पर्छ तर वहाँहरुलाइ सवाल भन्दा वाहिर राख्ने , शंका रहितको समर्थन छ भन्ने भान दिने गल्ति चाहिं जरुर गर्नु हुदैन । वहाँहरुको नियत सफा होस भन्ने कामना गर्दै गर्दा पनि नियतमा खोट छैन भन्ने प्रमाण पनि खोजि रहनु पर्छ । खासमा कुनै पनि आन्दोलनको उठान र विकासमा कोहि कसैको भूराजनीतिक स्वार्थ छ वा छैन ? त्यो विषयलाइ नजिक बाट हेरिरहन पर्छ अनि त्यस्ता स्वार्थहरु पुरा गराउन हाम्रा आन्दोलनका सर्जकहरुको उपयोग गर्न नसकियोस भन्नेमा सदा सचेत रहनु नै पर्छ । साथै हरेक यस्ता आन्दोलनको नेतृत्वकर्ताहरु लाइ हाम्रा सिमा र सामरिक स्वार्थका सम्वान्धमा उनीहरुको प्रष्ट विचार के हो भनेर सार्वजनिक रुपमा सोध्ने , जवाफ खोज्ने अनि बोलि अनुसार व्यवहार भए नभएको हेर्नु पर्छ ।

 

त्यसको अलावा अर्को महत्वपूर्ण काम पनि अव नगरी हुँदै हुँदैन त्यो के भने अव देशको मुहार बदल्छु भन्ने केवल भनाइलाइ पत्याइन हुँदैन । अव देश बदल्छु भन्ने जोसुकैलाइ पनि त्यस्तो गर्नको लागि उनीहरु संग के र कस्ता नीतिहरु छन र नीति छन भने त्यस नीति लागु गराउने के र कस्ता योजनाहरु छन अनि ति योजनाहरु यथार्थमा लागु गराउन हामी संग भएको स्रोत साधन यथेष्ठ छन कि छैनन भन्नेमा पनि जिम्मेवार ढंगले वहस हुनुपर्छ । स्रोत साधनको लेखा जोखा बिना नै , आवश्यक ऐन नियम कानुनको तर्जुमा बिना नै यो पनि हुन्छ , त्यो पनि हुन्छ भन्दै सत्तामा पुग्ने तर पुगे पछि भने अनुसार केहि नगर्ने विगत देखिको परम्परामा अब बदलाव ल्याउनु अनिवार्य छ । अव पनि शासकहरुलाइ सवाल गर्ने अनि उत्तर दिन नसक्ने अवस्था पुर्याउने र आफैं शासक बन्ने अनि फेरी एकदिन आफैं निरुत्तर हुने शासन बाट बाहिरिने अवस्थाको अन्त्य हुनुपर्छ । कमसेकम पनि अव समस्याको पहिचान गर्नेहरु संग त्यसको समाधानको प्रारम्भिक प्रस्थान बिन्दु हुनुपर्छ । आशा छ आज शासनमा भएकाहरुको अनैतिकता , अपरिपक्कता , गैरजिम्मेवारिता अनि भ्रष्टताको कारण जनतामा सृजित आक्रोशको जगमा आन्दोलन उठाउन तयार भएर आएका जेन जीहरुले समस्याहरुको पहिचानको ठेली मात्रै हैन समाधानको मार्गनिर्देशक दस्तावेज पनि ल्याउनेछन ।

 

यो अनुरोध र आशा सहितको टिप्पणीलाइ बिट मार्दै गर्दा म नेपाली संगीत क्षेत्रका दुइ लोकप्रिय तर फरक स्वभाव र शैलीका गाइकाहरु ज्योति मगर र समिक्षा अधिकारीले जेन जी आन्दोलनका सम्वन्धमा लेखेका वाक्यहरु उद्दृत गर्न चाहन्छु । ज्योति मगरले लेखेकी छन ” भ्रष्टाचार विरुद्ध मा चै म सपोर्ट गर्छु तर सामाजिक सन्जाल बन्द को विरुद्ध पनि भयर पैला बुजौ र मात्रै भन्ने कुरा” अर्थात भ्रष्टचार विरोधी आन्दोलन ठिक छ तर सामाजिक संजाल प्रतिवन्धको सम्वन्धमा चाहिं विरोध गर्ने पर्ने अवस्था भएको वा हैन थाहा छैन । त्यस्तै समिक्षा अधिकारीले “ अरु आन्दोलन यस्तो हुन्थ्यो सुनेको थिएँ तर हाम्रो पुस्ता Gen Z ले स्वस्फुर्त रुपमा देशको लागी गर्न लागेको पहिलो आन्दोलनमा मेरो साथ, ऐक्यबद्धता छ, परिवर्तन लक्षित आन्दोलनको फाईदा गलत तत्वले लिन नपाओस, होसियार रहौं।” भनेर लेखेकी छन जस्को मतलव हो कि आन्दोलन प्रति समर्थन छ तर दुरुपयोग होला कि भन्ने चिन्ता छ । त्यसैले दुवै असल इमान्दार अनि सकारात्मक सोच्ने ति गायिकाहरु अनि उनीहरु जस्तै धारणा राख्ने धेरै जस्तै म पनि भन्छु कि “ आन्दोलन सफल होस तर दुरुपयोग हुन नपाओस ।