Shares
Shares
आन्दोलन भैरहने देश भनेर नेपाललाई चिनाउने काम भैरहेको छ। पटक पटकका आन्दोलनले घाइते भएको देशमा जेनजी पुस्ताको आगमन संगै राजनितिक आन्दोलन रोक्न कसरि सकियल ? चुनौती ज्यु कात्यु उपलब्धि सुन्य जस्तै देखिने हालको अवस्तालाई नयाँ पुस्ताले कुन बाटो तय गर्छ हेर्न बाँकी छ। आन्दोलन नसकिदै विभाजित जेनजी सरकार बनाउने हैसियतमा त पुग्यो तर भोलिका दिनमा निर्वाचित सरकार बन्न कस्तो भूमिका खेल्छ। को र कस्ता व्यक्तित्व बाट देश बनाउने आशा गरेको छ या खोज्दै छ त। हालको अवस्तालाई शुसिला कार्कीको नेतृत्वमा सामेल हुने सारथी र उनीहरुको भूमिका कस्तो रहला त्यो नै जेनजीको भविष्य पनि हुन सक्छ।
सामाजिक संजाल प्रतिबन्द र भष्ट्रचार जेनजी पुस्ताका प्रमुख आन्दोलनका नारालाई सगाउन बेथिति र विसंगति सरकारका गतिबिधि साथ साथै थिए। दल र नेता नो इन्ट्री गरेको आन्दोलनलाई नैतिक समर्थन भने रवि र बालेंन देखि कलाकार,वुद्धिजीवीहरुको थियो। नयाँ पुस्ताका भरपर्दो नेता रवि र बालेनाहरुले उठायका भ्रष्टाचार विरुद्ध आवाजलाई नटेरी रहेको सरकारलाई यो आन्दोलन चुनौती थियो तर उसले सामान्य तरिकाले लियो। सरकार र दलहरुलाई रवि र बालेनहरु भारि भैरहेको अवस्थामा जिनजी पुस्ताको आन्दोलन फुस्सा जस्तै लाग्यो या अझ भनौ हिजो उनीहरुले राणा सासन,पंचायत र राजतन्त्र फ्याल्दा हामी युवा थियौ भन्ने बिर्शियो र आज राणा,पन्चे र राजा भएर दमन गर्न थाले। सत्ताको उन्मादमा लागेकाहरुलाई सत्ता प्राप्तिका भोकाहरूले सधाई रहे। उनीहरुले छोटो समयमा स्थापित भयका बालेन र रविहरुलाई दुस्मन ठाने तर आफ्नो कुकर्मलाई कारक ठानेन।
रवि जसले गृयमन्त्रीको आफ्नो छोटो कार्यकाल अवधी पुरै भ्रष्ट्रहरुको फ़ाईल बनाउन खर्च गरे भन्ने विज्ञहरु पनि स्विकार्छन । प्रचण्ड सरकार रविको यहि कार्यशैलीका कारण एमाले काङ्ग्रेसको पोल्टोमा गएको पनि प्रष्ट नै छ। रवि र भ्रष्टहरु बिचको लडाईमा रविलाई राजनितिक प्रतिशोधको शिकार बनाउन लागे। यो कर्ममा काङ्ग्रेस,एमालेका कहलियका युवा नेताहरु नै प्रमाण छ भन्दै झुट्टा मुद्दाले जल्दो बन्दो युवा शक्ति जसलाई सधाइनु पर्ने हो उसै प्रति खनिन थाले। यो शिलशिला आज पनि कायमै छ। देश बनाउने अभियानमा मिल्नु पर्नेहरुलाई छोडेर भष्ट्रहरु जोगाउने गठबन्धन सरकारका मतियार भय। एमाले काङ्ग्रेसका युवा नेताहरु आफ्ना नेता जोगाउन हवला दिनेहरु आज फेरी हामी उदाउछौ भन्दै सामाजिक संजालमा छाउदै छन। जेलमा परेका रवि र एक्लो बालेन संग डराउनेहरु जेनजी संग निर्वचनमा प्रतिष्पर्धा गर्न आफु र पाटी सुधार्न लाग्दै छ्न। राजनीतिलाई पेशा बनायाका पुराना दल र नेताहरुले आफ्नो पसल पक्कै बन्द गर्ने छैनन। उनीहरु पनि नयाँ मेनेजमेट्का साथ नयाँ कार्यकारी निर्देशक लिएर आउनेनै छ्न।
भ्रष्ट्रचार देश र जेनजीको राजनीतिको बाटो कसरि तय हुन्छ रु यो पुस्ताको नेतृत्व कसले लिन्छ रु एजेण्डा मिल्लने दल संग मिसिन्छ कि एक्लै हिड्छ रु जेनजी पुस्ताले आन्दोलनलाई सार्थक बनाउन के गर्ला भन्ने कौतुहलता जनतामा छ। के गर्दा जेनजी अन्दोलन सफल हुन्छ। विवादित जस्तो देखिने जेनजीको वास्तविकता के हो रु स्पष्ट बहुमत बिना देश बनाउन सहज छैन। जेनजी एक्लोले अन्दोलनलाई सफलतामा पुर्यान सक्दैन।
जेनजी बालेन,रवि एक भएर जान्छ कि एक्लै आफ्नै समूह बनायर उदाउछ रु दुर्गा प्रसाईको पछि देखिने जेनजी अभियान्ता हुन कि राजनितिक दलका कार्यकर्ता रु दुर्गा प्रशाई जेनजी सरकारको वार्ता टोलिमा कसरी परे रु जेनजी पनि राजनितिको अर्को पसल मात्रै बन्ने हो कि राष्ट्र र जनसेवक रु प्रश्नै प्रश्नले थिचेको जेनजी कसरि उठ्छ्ला रु पंचायत र राजतन्त्र अझै सलाबलाईरहेको अस्थिर राजनीतिका कारण नै हो। फेरी पनि स्थिर सरकार र दिगो एजेण्डा बिना देशले निकास पाउदैन। बहुमत बिना स्थिर सरकार बन्दैन। प्रयोग नै प्रयोगमा देश र जनताले आन्दोलन नै आन्दोलन व्यहोर्ने हो कि भन्ने भय कायमै छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209