देशमा व्याप्त भ्रष्टचार , कुशासन र राज्य संचालकहरुमा व्याप्त अहंकारको खिलाफमा नेपाली आमाका कलिला छोरा छोरीहरुले गर्न खोजेको अहिंशात्मक आन्दोलनले अपार सफलता पाइसक्नै लाग्दा राज्य असंवेदनशिल भएर बल प्रयोग गरेर कोहोरम मच्चाएको पृष्ठभुमिमा अराजक अपराधीजरुको आतंककारी जत्थाले देशभर नीजि एवं सरकारी सम्पत्ति ध्वस्त पारेको दुखद अवस्था र त्यसको केहि समयसम्म व्याप्त अन्योलका विचमा हाम्रो सेनाको भूमिका प्रति चिन्ता अनि सेनापतिको भूमिका प्रति व्यापक आशंका थियो ।
एकातिर आन्दोलनकारी युवाहरुले राखेको भ्रष्टचार रहित शासनको माग भन्दा बिल्कुल फरक मागहरु अन्यत्र कतै बाट थपिएको अनि आन्दोलनमा कहीं कतै साइनो नभएका देखि आन्दोलन हाम्रो हैन भन्ने सम्मका पात्रहरू निर्णायक बनेको तत्कालिन अवस्थामा चाहिं अक्सर सुरक्षा निकायको नियतमा शंकै नगर्ने म पनि प्रधानसेनापतिज्युको भूमिका प्रति शसंकित नै भएको हो ।
खास गरेर एकातिर राष्ट्रपति सार्वजनिक रुपमा नदेखिएक र अर्को तर्फ आन्दोलनकारीलाइ सेना संग ( संविधान , संसद र राष्ट्रपति सग्लै रहेको बेला ) बार्ता गर्न तयार रहनु भन्ने उर्दी जारी भएको अनि त्यसैबेला लोकतान्त्रिक गणतन्त्र र त्यसलाइ सँस्थागत गर्दै बनेको संविधानलाइ सिध्याउन हिंडेक ठग देखि मण्डलेहरु सम्म सक्रिय भएको सन्दर्भमा आखिर सेनाले चाहेको के त भन्ने मनमा नआएको हैन ।
तर जव आन्दोलनमा घुसपैठ गरेर अराजक अपराधीहरुले सिर्जना गरको अनिश्चितता र आफ़्रि ताफ्री बाट विस्तारै वाहिर आएर देशले हिजो संविधान दिवस भव्यता साथ मनायो तव भने मलाइ लाग्यो कि प्रधानसेनापतिज्युले देश जनता र आफ्नै सैनिक परिवार समेतको भावनालाइ कदर गर्दै देशलाइ लयमा फर्काउने वाहेक अरु मनसाय राख्नु भएको रहेनछ ।
हिजो संविधान सुरक्षित भएको अनि विधिको शासन ज्युँका त्युँ रहेको प्रमाणित गरेर प्रधानसेनापतिज्युले दुनियाले बुझ्ने गरेर व्यवाहारिक सन्देश दिनु भएको छ कि नेपाली सेना राजनीतिक चलखेलमा फस्दैन । सलाम प्रधानसेनापतिज्यु !