Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रहरीलाइ रक्षात्मक बनाइ अराजकता सँस्थागत गर्न खोजेको हो ? : राधाकृष्ण देउजा

प्रहरीलाइ रक्षात्मक बनाइ अराजकता सँस्थागत गर्न खोजेको हो ? : राधाकृष्ण देउजा

अहिले एकाथरी मान्छे यो वा त्यो हिसाबले प्रहरीलाइ कम्जोर पार्न लागि परेका छन । आन्दोलन भित्र घुसपैठ गरेर देशभरका प्रहरी कार्यालय जलाएर , कतिपय कर्तव्यनिष्ठ प्रहरीको बर्बर हत्या गरेर , प्रहरीका हतियार लुटेर , कैदी भगाएर , कतिपय प्रहरीलाइ अर्धनग्न अवस्थामा पानिमा चोपलेर छोडदा पनि प्रहरी फेरी एक पटक हिम्मतका साथ आफ्नो ड्युटी गर्न फर्किएको देखेर अतालिएका तिनै अराजक अपराधीहरु आज नियोजित प्रायोजित हिसाबले प्रहरी प्रमुखको हुर्मत लिन लागेका छन ।

त्यसो गर्न उनीहरु हाल आइजीपी रहेका चन्द्र कुबेर खापुङ्गको प्रहरी संगठन प्रतिको निष्ठा अनि निस्पक्ष राष्ट्रसेवकको रुपमा राष्ट्रसेवा गर्ने उनको अविचलित प्रतिवद्धतालाइ छोपेर उनको बारेमा भ्रम सिर्जना गरेर सरकारको नेतृत्वमा रहेकाहरुलाइ उनको विरुद्ध उचाल्न संगठित रुपमा लागेका छन । ति पात्रहरुले छरेको भ्रमले केहि असल इमान्दार र सकारात्मक मानिसहरुलाइ पनि भ्रमित पारेको हो कि भन्ने लागेकोले यति जरुर नलेखी रहन सकिन कि चन्द्रकुवेर खापुङ्ग वा नेपाल प्रहरीका अरु कुनै पनि अधिकृत कुनै दल वा व्यक्ति विशेष प्रति नभई देश , जनता र नेपाल प्रहरी संगठन प्रति उत्तरदायी र तत्काल विद्धमान सरकार प्रति वफादार रहन्छ ।

हो त्यही उत्तरदायित्व र वफादारीकै जगमा उनीहरु सरकारलाइ सुरक्षा अवस्थाका चुनौती र त्यसलाई सामना गर्ने तरिकाका वारेमा आफ्नो इमान्दार धारणा राख्छन नै किन कि उनीहरुले गर्ने काम नै त्यही हो । हेक्का होस कि केहि दिन अगाडी आन्दोलन चर्केर सरकारले राजिनामा नदिंदा अवस्था थप विग्रने हुँदा तत्काल राजिनामा गर्न दवाव पनि प्रहरी नेतृत्व सहित सबै सुरक्षा प्रमुखहरुले दिएका हुन । अनि त्यसो गरेकोले हिजो सरकारमा रहेका दल देखि पुर्व प्रधानमन्त्री मन्त्रीहरुले गाली गरिरहेका तिनै आइजीपीलाइ यो वा त्यो नाममा वहालवाला सरकारको विरोधी करार गर्ने काम कुनै पनि हिसाबले सहि नियतले आएको छैन र हैन भन्ने कमसेकम असल कुसल मानिसहरुले बुझुन !