Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

"जेन जी आन्दोलन र ग्रामीण क्षेत्रमा यसको प्रभाव"

"जेन जी आन्दोलन र ग्रामीण क्षेत्रमा यसको प्रभाव"

जहाँनिया राणा शासन,प्रजातन्त्र,पञ्चायती व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउनका निम्ति थुप्रै प्रयास,सङ्घर्ष र बलिदानी भएका थिए। तबमात्र व्यवस्था परिवर्तन भएको थियो। तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन  इतिहासमै यस्तो आन्दोलन बन्न पुग्यो, जसले  अत्यधिक छोटो समय करिब ३८ घण्टामा सरकार परिवर्तन गरायो। यसले राज्यको विद्रोह मात्रै गरेन,पूरा सत्ता नै कायापलट गरेको  अवस्था छ। कैयन सहिदहरुको त्याग, तपस्या, रगत  र बलिदानले राज्यको आमूल परिवर्तनमा सहयोग नगरेको पनि होइन,  मृत्युदण्ड पनि सहेर सहिदहरुले नेपाली जनतालाई साथ दिएकै हुन्।  थुप्रै विद्यार्थीहरू कलेजबाट फर्कने क्रममा हुलमा मिसिदै गर्दा ताकि ताकि गोली खाएर तहसनहस भएको घटना ताजै छ।


सुशासनको पक्षमा, भष्ट्राचारको विरुद्धमा बोल्ने भविष्यका कर्णधार ती कलिला विद्यार्थीले चढाएको  रगतले, जीवनमरणको दोँसाधमा रहेका पिडित घाइते विद्यार्थीले  गरेको  योगदानले के साँच्चै परिवर्तन ल्याउला त  ?   नेपाली जनताको जीवनस्तरमा फरकपन आउला र  ?  दिनप्रतिदिन बढ्दै गइरहेको चरम बेतिथि, भ्रष्टाचार, पुराना दल र पार्टी प्रतिको आस्था, युवा पलायन प्रवृत्ति,रेमिट्यान्समा भर पर्ने अर्थतन्त्रले नेपाली जनता त्यसै आजित भएका होइनन्।


जेन्जी आन्दोलन र वर्तमान देशको घटनाले देशका कैयौं युवामा (अब एकजुट हौ, युवाहरू एकसाथ भई हातेमालो गरौू भन्ने भावना पनि पलायो। थुप्रै युवाहरू एकसाथ भई पार्टी कार्यालयहरू जलाइए। पार्टीका ठूला युवा नेताहरुले राजीनामा दिएर युवाहरु एवं जेन्जी पुस्तालाई साथ दिएको अवस्था पनि छ। कतिपयले वास्तविक युवालाई साथ दिए त१ कतिपयले भने आफू हाईलाइट र चर्चामा आउनकै लागि ठूलो पद समेत छाडेर जेन्जी भएको नाटक समेत गरे।
पुराना पार्टीका बुढा नेताहरूले बारम्बार गरिरहेको गल्ती, पुस्तान्तरण गर्न नसकेको, युवाहरूलाई नेतृत्व गर्न नदिएको अवस्थालाई अझै पनि गम्भीर रुपमा लिएनन् र सुध्रिएनन् भने पत्तासाफ हुने कुरा पक्का छ।


अझ ग्रामीण  ठाउँमा अझै पनि एमाले, कांग्रेस र माओवादी भन्दै गाउँ गाउँमा समेत पार्टीका झण्डा उडाउँदै, हल्लाउँदै केही नेताहरु ओइरो  लागेका छन। आफ्नो पार्टी बचाउनको निम्ति पुराना कार्यकर्ताहरू खोज्दै गएका पनि छन्। अझ बुढाबुढीहरू त पार्टीप्रति गुनासो गर्दैनन्। तन, मन सहित लाग्छन। अब बिचल्ली पर्ने भनेकै युवा पुस्ता होइनन् र  ? 

 

देशका अधिकांश ग्रामीण क्षेत्रमा पार्टी छोड्नै नसक्ने मान्छेहरु पनि छन। यद्यपि जेन्जीको समर्थन त आत्मैदेखि नै गर्छन्  तर गाउँका कुना काप्चामा पुरानै पार्टीको मादल बज्नाले च्यात्तै छोडेर आमूल परिवर्तन गर्न सक्दैनन, समाज रूपान्तरण गर्न सक्दैनन्।


हुन त, सरकारले आफ्नै प्रक्रिया र नियममा काम गर्दै होला१ बाढी पीडितलाई राहत उद्धार गरेर  होस् या अन्य कार्यले होस् गत वर्षको सरकारभन्दा मन जितेर यो सरकारले काम गरेको छ। परिस्थिति अनुसार विभिन्न कामहरू गरेर थोरै भएपनि सुधारको बाटो त आउने लक्षण छ। युवाहरूलाई नै साथमा लिएर विचार, विमर्श र छलफल गरेर समाज रुपान्तरणमा तलदेखि माथिसम्म सँगै हिँड्ने हो भने पक्कै पनि नेपाली जनताको जीवनशैलीमा एवं राज्यप्रतिको सोचमा सकारात्मक परिवर्तन आउला१ तर बढ्दै गइरहेको चरम बेरोजगारी एवं विदेशी राष्ट्रमा बेचिने नेपाली  जनता नेपालमा नरहेसम्म यो देशको विकास कल्पना पनि  गर्न सकिँदैन।