Shares
Shares
आफू लोकदोहोरीप्रेमी भएको कारणले मात्र होइन, स्थापित संस्थामै पहिलो महिला अध्यक्ष बनेर चुनौती र अपेक्षाबीच सन्तुलन मिलाउन सक्षम व्यक्तित्वको रूपमा उदाएकी रिता थापा मगरको कार्यकाल वास्तवमै समीक्षा र मूल्यांकन योग्य विषय हो।
दोहोरी प्रतिष्ठानले पहिलोपटक महिला नेतृत्व पाउँदा अनेकौं शंका उठे—
“महिलाले संगीत क्षेत्रमा कस्तो प्रशासनिक भूमिका खेल्न सक्छिन्?”
“नेतृत्व क्षमता छ कि छैन?”
तर विडम्बना के भने प्रश्न उठाउनेहरूमध्ये धेरैजना आफैं कहिल्यै नेतृत्वमा उठेर देखाउने साहस राख्दैनन्। यिनै प्रश्नहरूको सबैभन्दा बलियो उत्तर थापाले पदभार सम्हाल्दै गरेको पहिलो क्षणदेखि दिन थालिन्।
रिता थापाले पद सम्हाल्ने बित्तिकै गरेको ‘अग्रज सम्मान–संगीत साँझ’ केवल एउटा कार्यक्रम मात्र थिएन। यो दोहोरी विधाको मूल पहिचान—अग्रजप्रति आदर—पुनर्स्थापित गर्ने अभियान थियो।
त्यही नेतृत्वमा नारायण रायमाझी र पुरुषोत्तम न्यौपाने जस्ता स्तम्भहरूको एकल साँझ आयोजना हुनु, संस्थाले आफ्नो जरा बिर्सन नहुने सन्देश दिनु थियो।
त्यतिबेला धेरैले उनलाई रोक्ने, कमजोर देखाउने, असफल बनाउने खेल खेले। तर नेतृत्व भनेको आक्रोशसँग होइन, दिशासँग चल्ने क्षमता हो—र थापाले यही सिद्ध गरिन्।
उनको कार्यकालको अन्त्यमा गरिएको सबैभन्दा ठूलो अभ्यास थियो—देशभरका सबै जिल्ला र उपत्यकामा एउटै दिन अधिवेशन सम्पन्न गर्ने प्रयास।
यो साधारण निर्णय होइन—यो संगठनात्मक क्षमता, समन्वय, विश्वसनीयता र राजनीतिक Timing को उत्कृष्ट उदाहरण हो।
अघिल्ला अध्यक्षहरूले यो ‘गरौं’ भन्ने पनि सोचेनन्,भोलिका अध्यक्षहरूले ‘गर्छौं’ भन्ने ग्यारेन्टी छैन।तर थापाले ‘गरिन’—यही उनको नेतृत्वको पहिचान हो।
नेपाली लोकदोहोरी आज लोकप्रिय छ, तर कहिलेकाहीँ गन्तव्यभन्दा भड्किलो आकर्षणले बिग्रिने जोखिम थियो।अश्लीलता, छाडापन र अनावश्यक अभिव्यक्ति भएका गीतहरू एक प्रकारले लोकसंगीतमाथि कलङ्क बन्दै थिए।
यो प्रवाह रोक्न संस्थाले अघि बढ्नुपर्थ्यो—तर नेतृत्वमा बस्ने धेरैले ‘बिरोध बढ्ला’ भनेर कदम चाल्न डराए।रिता थापाले भने अन्तरात्मालाई प्राथमिकता दिइन् र कठोर निर्णय गरिन्।यति मात्र होइन—उनी आफ्नै संस्थाका केन्द्रीय सदस्यसमेत कारबाही गर्न तयार भइन्, जसले संगठनभित्र अनुशासनको संस्कृतिलाई बलियो बनायो।
यही अभियानकै कारण आज अश्लील गीतहरूको उत्पादन र प्रवाह उल्लेखनीय रूपमा घटेको छ—र यसले रिता थापा मगरको नामलाई लोकसंगीतको परिष्करण यात्रामा एक महत्वपूर्ण अध्याय बनाइदिएको छ।
संगीत र मिडिया एकअर्काका पूरक हुन्।थापाले यो कुरा गहिरोसँग बुझिन्।बद्री पंगेनी र चन्द्र शर्मा जस्ता अध्यक्षपछि मिडियालाई निरन्तर समीपमा राखेर काम गर्ने, कार्यक्रमदेखि संकट व्यवस्थापनसम्म मिडियालाई भागिदार बनाउने नेतृत्व रिता थापाले औपचारिक ढंगले स्थापना गरिन्।त्यसैले उनका सफल कार्यक्रमहरू, सामाजिक अभियानहरू र निर्णयहरू जनमानसमा छिटो र स्पष्ट रूपमा पुग्न सके।
अध्यक्ष केवल पद हो; मूल्य, चरित्र र दृष्टिकोणले मात्र नेतृत्व गढिन्छ।रिता थापा मगर त्यसको प्रत्यक्ष उदाहरण बनिन्।उनी संस्कारी, इमानदार र भावनात्मक रूपमा समुदायसँग जोडिएकी थिइन्।उनको कार्यकालमा अन्तिम अवस्थामा पुगेका धेरै कलाकारलाई आर्थिक वा स्वास्थ्य–सहयोगको माध्यमबाट बचाइयो।
आज ती कलाकारहरू फेरि सामान्य जीवनमा फर्किनु—उनी नेतृत्वको मानवीय पक्षको प्रमाण हो।
संस्थाभित्र अनेक घेराबन्दी, आन्तरिक राजनीति र व्यक्तिगत एजेन्डाहरूले गर्दा केही कार्यहरू अपूर्ण रहनु स्वाभाविक हो।तर अपूर्णताले नेतृत्वको मूल्य घटाउँदैन—नियत, प्रयास र प्रभावले नेतृत्वको उचाइ बनाउँछ।आगामी अध्यक्षले यी अपूर्ण काम पूरा गर्छन् कि गर्दैनन्—समयको कुरा हो।तर यथार्थ के हो भने—रिता थापा मगरजतिको दृढ, निर्भीक र परिणाममुखी महिला अध्यक्ष फेरि आउन सहज छैन।
उनको कार्यकाल केवल उनीकै व्यक्तिगत सफलता होइन—दोहोरी विधाको इतिहासमा एउटा मोड, महिला नेतृत्वप्रति सम्मान, र सबै शुभचिन्तकका लागि गर्वको विषय हो।
जय गीत, जय संगीत।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209