Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगजनीपछि संसद् भवनको अवस्था हेर्न भण्डारी स्थलमै

आगजनीपछि संसद् भवनको अवस्था हेर्न भण्डारी स्थलमै

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको बिहीबार प्रत्यक्ष अवलोकन गरेकी छन्। उनले भवनका मुख्य गेट, सभाहल र बैठक कक्षमा पुगेको क्षतिको नजिकबाट निरीक्षण गर्दै विस्तृत जानकारी लिइन्।

IMG-20251211-WA0022.jpg

संसद् सचिवालयका उच्च अधिकारीहरूले भण्डारीलाई आन्दोलनका क्रममा भएको क्षति तथा हालसम्मको मर्मत–सम्भारको प्रगतिबारे ब्रिफिङ गरेका थिए। जेनजी आन्दोलनका नाममा भएको व्यापक तोडफोडपछि संसद् भवनको सुरक्षा व्यवस्थामाथि उठेका प्रश्नहरू अहिले पनि जोडका साथ चर्चा भइरहेका छन्।

IMG-20251211-WA0029.jpg

अवलोकनपछि भण्डारीले कुनै सार्वजनिक टिप्पणी गरेकी छैनन्। यसअघि उनले क्षतिग्रस्त सिंहदरबार पनि अवलोकन गरी त्यही क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी थिइन्।