Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनताले चिने पुग्छ, जनतालाई चिन्नु पर्दैन

जनताले चिने पुग्छ, जनतालाई चिन्नु पर्दैन

 

आवाज विहीनहरूको आवाज बनेर आउँछु । यो देशलाई म स्वर्ग बनाउँछु । यो देशमा आगो लगाउनेलाई म जलाउँछु । यो देश म चलाउँछु । यस्तै–यस्तै कडा शब्दहरुलाई भाषणमा गुथेर निर्विक र निडर भई जो प्रस्तुत हुनसक्छ आज त्यो नेता बन्न सक्छ । नेता बन्नलाई कडा बोल्न सक्ने र जनताका घरदैलोमा सुख दुःखका कुराहरु कुनै पनि सामाजिक सञ्जालको माध्यमबाट पुर्याउन सक्ने खुबी भए पुग्छ । यहाँ कसैले कसैलाई चिन्नु पर्दैन कडा बोलीले जनतामाझ आफूलाई चिनाए पुग्छ ।

कसैले समाज सेवाका नाममा दुखी गरिबका घरमा एक बोरा चामल, एक किलो नुन पुर्याएको भिडियो फोटो वा खिचे मात्रै पनि अब त्यो मतमा परिवर्तन हुनसक्छ । कुनै पनि सेक्टरबाट जनतालाई चिनाए पुग्छ जनताले चिन्नु पर्दैन । कलाकार, पत्रकार, सहित्यकार, व्यापारी सबैलाई नेता बन्नुछ । यहाँ कसैले कसैको मलामी जानु पर्दैन, कसैले कसैको जन्तीको भोज खानु पर्दैन । अब कसैले कसैको गल्ली गोरेटो चिन्नु पर्दैन । कसैले कसैको भोको पेट र चोट चिन्नु पर्दैन । मात्र बोलीमा दमदार यी सबै व्यथा व्यक्त गरे पुग्छ । मज्जा त यो छ,नेता बन्न आजभोलि सस्तो छ । मज्जा त यो छ । नेता बन्न आजभोलि उसले देश बोले पुग्छ, जनताका व्यथा बोले पुग्छ । उसलाई यहाँ पहाडको, हिमालको, तराईको कथा बोले पुग्छ ।  भुगोल र बेथा बुझ्नु पर्दैन । अरुले लेखेको स्क्रिप्टमा राम्रो अभिनय गरे पग्छ ।  हो आजभोलि समय यस्तै आएको छ । भाइरल भएर नेता हुने । कुनै पनि सामाजिक सञ्जालमा उसले आफ्नो दमदार शब्दजाल बिछ्याउँछ र जनतालाई त्यसमा बाँध्छ र उसमा एउटा भोक पलाउँछ अब म नेता बन्नुपर्छ ।


वर्षौंदेखि राजनीतिलाई बुझेका नेताहरुले जनतामाथि गरेको चरम दमनको हिसाब किताबले पनि यो एक प्रकारको नेता बन्ने होड चलेको छ । भोगेका बुझेका अध्ययन गरेका हरेक पाटोबाट देश र जनता चिनेका नेताहरुले देश र जनताका मुद्दा उठाएर तिनै देश र जनतालाई धोका दिएका कारणले पनि तिनका विरोधमा उत्रेको आवाजलाई बिद्रोहको संज्ञा दिदै तिनलाई नेता बन्न र बनाउन लागेको छ । अलिकति समाजलाई, अलिकति सामाजिक व्यक्तिलाई, अलिकति भूगोललाई, अनि अलिकति आफ्नो भाषालाई, भेषलाई, जातिलाई, धर्मलाई व्याख्या गरेर भरपुर पुराना नेतालाई गालि गर्न सक्ने पत्रकार,सामाजिक अभिन्ताना,कुनै विषय विज्ञानमा ज्ञान हासिल गरेका व्यक्तिहरु नेता बन्न र बनिन लागेका पाइञ्छ ।  


संविधानका सबै धाराहरु पढ्नु पर्दैन । संविधानको पालना गर्नुपर्दैन । मात्र गाली गर्नका लागि शब्दहरू पढेपुग्छ।  तिनै शब्दहरुलाई घोकेर जोड जोडले मेसो मिलायर,मौसम भजायर चिच्याउन,कराउन सके पुग्छ। यसरी उत्पादन भएका नेताहरुले जब देश हाँक्ने हुङ्कार छोड्छन र परिवर्तनका नारा टोल,समाज र देश भर पÞmलाउदैछ्न। अनि जनतामा छायाको नैरास्ताले उपचार पाउने आशा जगाउँछ ।   तर उसले आफ्नो नियमित पेश बाट देश र जनतालाई गरिरहेको सेवा भुल्छ । नेता भएरै मात्र देशको सेवक हुनसक्छु भन्ने भ्रममा पर्छ कि नेता हुन भ्रममा पर्छ त्यो त जगजायरै छ । नत्र किन च्याउ सरि पाटि खुल्छन, किन नेता हुन दौडिन्छन । नेता बन्ने होडबाजीमा मतदाता नै नेता बन्लान भन्ने भय पो छ।    

हामी परिवर्तन हुनुपर्छ ।  हाम्रो समाज परिवर्तन हुनुपर्छ। समाजसँगै देश परिवर्तन हुनुपर्छ । देश विकास गर्नुपर्छ । देश विकासको पुर्वाधार प्रमुख राजनीति हो । जनताबाट अनुमोदित राजनेता हो । जनताले अनुमोदित गरेको राजनेताले दल छोडेर देश र जनता समाउनुपर्छ । सरकार भएर कार्यकर्ता र पाटि बनाउन लाग्नाले देश र जनता बन्न सकेन।  आवाज देश र जनताको विकास उठाएर देश,जनता र विकासलाई नै ठोकेर आफ्नो विकास गर्नेहरुले फेरी पनि देश देश मात्रै भन्ने छन् । राजनीति नबुझेका व्यक्तिहरू नेता भए भने देशले कुन रूप लिन्छ त्यसको अध्ययन न हिजोका नेताहरुलाई छ न आज आउने नेताहरुले गरेका छन्। छ त खाली विरोध छ । न उद्देश्य छ, न कुनै सिद्धान् । म एउटा नागरिकको हैसियतले यो देशको उचित भविष्यका लागि समाज पढेर आएको नेता हुँ भनेर आफूले कसैलाई परिभाषित गर्दैन । गर्छ त केवल विरोध ।  

नयाँ खुलेका राजनीतिक दलले एउटा प्रयोगशाला बनाएर परिभाषित नेता जन्माउन सक्नुपथ्र्यो ताकि पुराना दलहरुलाई उनीहरुले पछि पारेर हामी साँच्चिकै देशका लागि आएका नेता हौँ भन्ने परिचय बन्थ्यो  हिजोको दिनमा एउटा आन्दोलनबाट जन्मेको नेताले देश हाँकेको इतिहास हामीसँगै छ । तर नेता बनाउने उनीहरुको पनि कुनै प्रयोगशाला बनेन मात्रै नेता भैरहने प्रयोगकर्ता मात्रै बनाई रहे । आज पनि भाइरलहरु एक हुल जम्मा भएर नेता बन्ने र बनाउने खेल खेलिरहेका छन् । नेता के,किन र कसका लागि हुने भन्ने छैन बस नेता बन्ने खेती चलेको छ ।