Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुल्मी क्षेत्र नम्बर २ : दोहोरिँदो इतिहास, कमजोर चुनौती र ‘सेफ सिट’ बन्दै गएको निर्वाचन

गुल्मी क्षेत्र नम्बर २ : दोहोरिँदो इतिहास, कमजोर चुनौती र ‘सेफ सिट’ बन्दै गएको निर्वाचन

गुल्मी क्षेत्र नम्बर २ को संसदीय इतिहास हेर्दा चुनावभन्दा बढी परिणाम पहिल्यै अनुमान गर्न सकिने अभ्यास जस्तो बन्दै गएको देखिन्छ । २०५६ सालमा गोकर्ण विष्ट संसद पुगे । २०६४ सालमा एकपटक ८८चन्द्रबहादुर थापा ‘सागर’८८ले त्यो सिलसिला तोडे । तर त्यसयता भएका सबै चुनावमा गोकर्ण विष्टको पुनरागमन निरन्तर दोहोरिएको छ । लोकतन्त्रमा निरन्तर जित आफैँमा दोष होइन । तर गुल्मी–२ मा देखिएको अवस्था जितसँगै कामको हिसाब खोज्नै नसकिने संरचना बन्न थालेको संकेत हो ।


एकल सिफारिस : विश्वास होइन, ‘सेफ सिट’ मानसिकता

नेकपा एमालेले आगामी चुनावका लागि पनि गोकर्ण विष्टलाई एकल सिफारिस गरेको छ । पार्टी नेतृत्व यसलाई संगठनात्मक बलको प्रमाण मानिरहेको छ । तर स्थानीय स्तरमा यो निर्णयलाई “जित पक्का भएकाले अरू सोच्नै नपर्ने मानसिकता” का रूपमा हेरिँदैछ ।एकल सिफारिसले एमालेभित्र बहस बन्द गराएको छ । आलोचना छ— पार्टीले जित सुनिश्चित गर्ने नाममा कामको मूल्याङ्कन नै गर्न छाडेको छ ।
जनगुनासो स् सांसद त जिते, गाउँ त उस्तै स्थानीय तहमा उठ्ने सबैभन्दा साझा आवाज एउटै छ— “सांसद त जितिरहे, तर गाउँका समस्या जस्ताको तस्तै छन् । सडक, खानेपानी, रोजगारी, कृषि, स्वास्थ्य र शिक्षा— कुनै पनि क्षेत्रमा दीर्घकालीन परिवर्तन अनुभूत भएको छैन भन्ने गुनासो आम छ । कतिपय स्थानीयहरू भन्छन्, “चुनावपछि सांसद देखिनु भनेको कार्यक्रमको ब्यानरमा फोटो देखिनु मात्रै हो ।


यो असन्तुष्टि व्यक्तिगत आलोचनाभन्दा बढी प्रतिनिधित्वप्रति भरोसा खस्किएको संकेत हो । विपक्ष कमजोर स् असन्तुष्टि हुँदाहुँदै विकल्प किन छैन  ?  जनतामा असन्तुष्टि हुँदाहुँदै पनि चुनावी नतिजा नफेरिनुको मुख्य कारण विपक्षी दलहरूको निरन्तर असफलता हो। नेपाली कांग्रेस, नेकपा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी तीनै दल गुल्मी–२ मा स्पष्ट एजेन्डा विहीन प्रभावशाली उम्मेदवारविहीन र स्थानीय नेतृत्व निर्माणमा असफल देखिएका छन्।यसले मतदातालाई “मन नपरे पनि यही ठीक” भन्ने अवस्थामा पुर्‍याएको छ।


२०७९  : अन्तिम चेतावनी पनि किन बेवास्ता भयो  ? २०७९ को चुनावमा गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्री गोकर्ण विष्टसँग २४०० मत अन्तरले पराजित भइन्। त्यसपछि झाँक्री पुनः एमालेमै फर्किनुले गुल्मी–२ मा विपक्षी राजनीति नै आत्मसमर्पण गरेको सन्देश गएको टिप्पणी सुनिन्छ । यो घटनापछि गुल्मी–२ को चुनावी राजनीति झन् एकतर्फी बन्दै गएको छ।

फ्याक्ट बक्स : दोहोरिँदो प्रतिनिधित्व


२०५६ : गोकर्ण विष्ट निर्वाचित
२०६४ : चन्द्रबहादुर थापा ‘सागर’ निर्वाचित
२०६४ :पछिका सबै चुनाव स् गोकर्ण विष्ट विजयी
२०७९ :२४०० मत अन्तरको जित
साइड नोट स् ‘सेफ सिट’ को खतरा
राजनीतिक विश्लेषकहरू भन्छन्—
“जब चुनाव जित निश्चित हुन्छ, तब सांसद उत्तरदायी हुँदैन।” सेफ सिट बन्दै जाँदा जनप्रतिनिधि जनताबाट टाढा हुन्छ
आलोचना सुन्ने दबाब घट्छ र चुनाव औपचारिकता बन्छ गुल्मी–२ अहिले यही चरणमा प्रवेश गरिसकेको देखिन्छ।

गुल्मी क्षेत्र नम्बर २ मा समस्या जितको होइन,जितपछि जवाफदेहिता हराउँदै जानु हो। निरन्तर जितलाई उपलब्धि ठानिरहँदा जनताले भने प्रश्न गरिरहेका छन् “हामीले बारम्बार जिताइदिँदा पनि गाउँ किन उस्तै छ  आगामी चुनाव गुल्मी–२ का लागि फेरि जित दोहोरिने चुनाव मात्र हुने कि प्रतिनिधित्वमाथि प्रश्न उठ्ने मोड बन्ने—त्यो अझै खुला छ ।