Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘आ बाट आमा’ हेर्दै भकानिएर सेन्सर बोर्डका सदस्य, भन्छन्,‘फिल्मको कथाले आँसु झरेको पत्तै भएन’

‘आ बाट आमा’ हेर्दै भकानिएर सेन्सर बोर्डका सदस्य, भन्छन्,‘फिल्मको कथाले आँसु झरेको पत्तै भएन’

काठमाडौं । भोली शुक्रबारबाट हलमा लाग्ने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भइसकेको छ। दुई दिनअघि केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।
सेन्सर बोर्डका सदस्यले यो फिल्म हेर्दा निकै भावुक बने। उनीहरुले फिल्मको भावले आफुलाई छोएको र यसले यस फिल्मको कथा र कलाकारको अभिनयले दर्शकको मन जित्ने बताए।
फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरीले फिल्मको कथा आकर्षक र लोभलाग्दो बताए। उनले आफुलाई व्यक्तिगत रुपमा यो फिल्म मनपरेको सुनाए। उनी यो फिल्म हेर्दा आफु धेरै पटक भाबुक भएको सुनाए। यसअघि पनि आमाको कथामा फिल्म बनेको तर यतिको भावुक नभएको उनको भनाई छ।
‘आमाको विषयमा केही फिल्म बनेका छन्। ति सबैमा आमाको दुःख देखाउने खोसिस गरिएको थियो,’ फिल्म हेरिसकेपछि उनले भने,‘तिनीहरुको तुलनामा यो फिल्म भिन्न छ। फिल्मले आमाको कथालाई फरक तरवरबाट प्रस्तुत गरेको छ। जुन आकर्षक र लोभलाग्दो छ। व्यक्तिगत रुपमा यो फिल्म मलाई त मनपर्यो।’
उनले आफु निकै पटक यो फिल्म हेर्दा भावुक बनेको सुनाए। उनले थपे,‘ फिल्म हेर्दा म धेरै भावुक भएँ। पारिवारिक कथामा बनेको यो फिल्मले मलाई मात्र होइन धेरैलाई रुवाउन सक्छ।’
अन्य सेन्सर बोर्डका सदस्य र यो  फिल्म हेरिरहेको निर्माण पक्षको पनि आँखा रसाएको प्रष्टै देखिन्थ्यो। सेन्सर बोर्डकै अर्का सदस्य सम्पर्ण श्रेष्ठले फिल्म निकै उत्कृष्ट बनेको बताए। उनले पछिल्लोसमय फिल्म एकदमै राम्रो बन्न थालेको र त्यसमा पनि आ बाट आमा एकदमै राम्रो लागेको  बताए
‘पछिल्लोसमयमा नेपाली चलचित्रहरु अत्यन्त उत्कृष्ट बन्न थालेका छन्,’उनले फिल्म हेरिसकेपछि भने,‘ ति मध्ये ‘आ बाट आमा’ नेपाली पारिवारिक कथाले भरिएको चलचित्र बनेको छ। अत्यन्त उत्कृष्ट बनेको छ। यो चलचित्रलाई हलसम्म गएर हेरिदिन दर्शकलाई अनुरोध पनि गर्दछु।’

सेन्सर बोर्डका सदस्यको यो प्रतिक्रिया सुनिसकेपछि  निर्माण पक्ष फिल्मलाई लिएर निकै उत्साहित देखिन्छ। चुनावको माहोल तातिरहेको समयमा पनि यो फिल्मको हाइप घटेको छैन।
यस फिल्ममा समावेश गीत ‘लैजा खवर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ले पनि दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ। साथै यो गीतले युटुबमा ३० लाख भन्दा माथी भ्युज कमाई सकेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई चन्द्रपन्तले निर्देशन गरेका हुन्। उनकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारले अभिनय गरेको छन्।
टिजर ट्रेलर र गीतले  समेत हाइप बटुलिसकेको यो फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। फिल्ममा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन् भने अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा करण सिंह रसाली हुन्। यस फिल्मलाई नवराज उप्रेतीले खिचेका छन्। फिल्मको सम्पादन मिलन श्रेष्ठ, ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन् भने फिल्म