Shares
Shares
पृष्ठभूमि
२०३२ साल चैत १ गते तनहुँ जिल्लामा जन्मेका प्रदीप पौडेल काठमाडौंको बानियाँटारमा बसोबास छ । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका उनले अमृत साइन्स क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन् । नेपाली कांग्रेसको अन्य धेरै नेताजस्तै उनी पनि विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।
राजनीति यात्रा
पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।
२०४६ सालको जनआन्दोलनका क्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्यूट हुँदै उपत्यकाका स्कुले विद्यार्थीको नेतृत्व गरेका उनले २०५९–०६२ को संयुक्त विद्यार्थी आन्दोलनमा संयोजकको भूमिका निर्वाह गर्दै राजद्रोहको मुद्दासमेत खेपे। २०७२ सालको संविधान निर्माणमा भएको ढिलासुस्तीविरुद्ध ‘मेची–काली अभियान’को नेतृत्व गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न दबाब सिर्जना गरेका थिए ।
आन्दोलन, विचार, संगठन र सामाजिक उत्तरदायित्वलाई सँगै लिएर अघि बढ्ने राजनीतिक व्यक्तित्वका रूपमा पौडेल चिनिन्छन् ।
२०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनेपछि उनी राष्ट्रिय राजनीतिमा स्पष्ट पहिचान बनाउन सफल भए । नेपाली कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका रूपमा तीन कार्यकाल काम गरेका पौडेल १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशीसमेत बने । २०७९ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि संसदीय भूमिकामा उनी सक्रिय देखिए ।
स्वास्थमन्त्रीको भूमिकामा पौडेल
२०८१ असार ३१ देखि २०८२ साउन २३ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा कार्यभार सम्हाल्दै स्वास्थ्य क्षेत्र सुधारका विभिन्न पहल अघि बढाए । मन्त्री हुँदा स्वास्थ्य बीमा सुधार, बाल क्यान्सर उपचार निशुल्क गर्ने काम पनि गरे । नेपालमा दैनिक ५ जनाको मृत्यु हुने गरेको ठूलो समस्या हटाउन महिलालाई पाठेघरको क्यान्सरबाट बचाउन वार्षिक १४ लाख किशोरीलाई खोप, विशिष्ट स्वास्थ्य उपचार सातै प्रदेश विस्तार, विपन्नलाई निशुल्क उपचार आदि स्वास्थ्य सेवा विस्तार र सुधारका काम गरेका छन् । उनले मन्त्री हुँदा स्वास्थ्य बीमा सुधार,बाल क्यान्सर उपचार निशुल्कको समेत व्यवस्था गरेका थिए । नेपालमा दैनिक ५ जनाको मृत्यु हुने गरेको ठूलो समस्या हटाउन महिलालाई पाठेघरको क्यान्सर बाट बचाउन वार्षिक १४ लाख किशोरीलाई खोप, विशिष्ट स्वास्थ्य उपचार सातै प्रदेश विस्तार, विपन्नलाई निशुल्क उपचार आदि स्वास्थ्य सेवा विस्तार र सुधारका काम गरेका छन्
विशेष महाधिवेशनबाट महामन्त्री
२०८२ माघ १ मा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री चयन भएसँगै उनी पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भएका छन् । पौडेलको राजनीतिक यात्रा केवल पद प्राप्तिमा सीमित छैन; आन्दोलन र वैचारिक दबाबमार्फत परिवर्तनको खोजी उनको विशेषता हो ।
शिक्षाका मुद्दा
शैक्षिक सुधार उनको प्राथमिक एजेन्डामध्ये एक रहँदै आएको छ । “एक विद्यालय–एक पुस्तकालय”, “सार्वजनिक विद्यालय सुधार” र “हरेक विद्यालय इन्टरनेट सेवा एवं ई–लाईब्रेरी” जस्ता अभियानमार्फत उनले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा जोड दिएका छन् । हजारौँ जेहेन्दार विद्यार्थीका लागि निःशुल्क छात्रवृत्ति तथा शैक्षिक सामग्रीको प्रबन्ध गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दर्जनौँ कार्यशाला र गोष्ठी सञ्चालनमा उनको सक्रियता देखिन्छ ।
सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि उनको संलग्नता उल्लेखनीय छ । २०७२ सालको विनाशकारी भूकम्पपछि १७०० भन्दा बढी अस्थायी घर तथा पक्की विद्यालय भवन निर्माणमा युवा परिचालन गर्नु, राहत तथा उद्धारमा सक्रिय भूमिका खेल्नु उनको मानवीय पक्षको उदाहरण हो। युवालाई उद्यमशील बनाउन “युवा उद्यमशीलता अभियान २०७१” सुरु गर्नु र प्रविधिमैत्री कांग्रेस निर्माणका लागि डिजिटल एप विकास गर्नु उनको नवप्रवर्तनतर्फको सोचलाई दर्शाउँछ । कोभिड–१९ महामारीका बेला ३०० बेडभन्दा बढी क्षमताको आइसोलेसन सेन्टर निर्माण, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्कलगायत सामग्री वितरण र प्लाज्मा एप निर्माणमार्फत संक्रमितलाई सहयोग पु¥याउने कार्यले संकट व्यवस्थापनमा उनको सक्रियता रहेको थियो ।
सांसदको भूमिकामा पौडेल
सांसदका रूपमा उनले नीति निर्माणमा पनि सक्रिय उपस्थिति जनाएका छन्। “औषधी विधेयक, २०८०” निजी विधेयकका रूपमा प्रस्तुत गर्दै औषधिको गुणस्तर नियन्त्रण, उचित व्यवस्थापन तथा उपभोक्तालाई सुरक्षित र गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य अघि सारे। त्यस्तै, विद्युत, जलस्रोत, बैंक तथा वित्तीय संस्था, निर्माण सामग्री, लगानी सहजीकरण, सङ्घीय निजामती सेवा, विद्युतीय व्यापार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरी विद्यमान कानुनलाई समयानुकूल बनाउन पहल गरेका छन्। विकास र सुशासनका पक्षमा अन्तरनिकाय समन्वय, सार्वजनिक जग्गा संरक्षण र चक्रपथ निर्माण कार्य शीघ्र सम्पन्न गर्न संसदमा सार्वजनिक महत्वका प्रस्ताव पेस गर्नु उनको संसदीय सक्रियताको अर्को आयाम हो।
अबको यात्रा
विद्यार्थी आन्दोलनदेखि केन्द्रीय नेतृत्वसम्मको यो यात्रा निरन्तरता, संघर्ष र संस्थागत सुधारको कथासँग जोडिएको छ । शिक्षा, स्वास्थ्य, सुशासन र प्रविधिमैत्री राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै प्रदिप पौडेलले आफूलाई समकालीन नेपाली राजनीतिमा सक्रिय, बहुआयामिक र नीतिमुखी नेताका रूपमा स्थापित गरेका छन् । उनी यसपटक पनि काठमाडौँ ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । युवा र नयाँ सोँच भएका पौडेललाई यहाँको मतदाताको शुभेच्छा छ । उनी यसपटक पनि जितेर संसदीय भूमिका थप प्रभावकारी बनाउने मार्गमा छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209