Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

देशकै लोकप्रिय विन्ध्यवासिनी म्युजिक अवार्ड हुँदै , रचना रिमाल देखि शम्भुजीत बासकोटासम्म सम्मानित हुँदै

देशकै लोकप्रिय विन्ध्यवासिनी म्युजिक अवार्ड हुँदै , रचना रिमाल देखि शम्भुजीत बासकोटासम्म सम्मानित हुँदै

काठमाडौं । बिन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण २७ चैतमा आयोजना हुने भएको छ । सोहीअनुसार, मंगलबार सम्मान र पुरस्कार घोषणा गरिएको छ ।

अवार्ड समारोहमा संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपैयाँ नगद र सम्मानपत्रसहित ‘बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२’ प्रदान गरिने भएको छ ।

५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित ‘संगीत साधना सम्मान २०८२’ बाट गीतकार विजय शिवाकोटी र २५ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०८२ प्रदान गरिने भएको छ ।

बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो बर्ष २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ ।

लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोकसंगीत सम्मान २०८२ बाट २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिने जनाइएको छ ।

यस बर्ष अवार्डको विधा घटाइएको फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जनाइन् । उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत गरी कुल ११ विधामा अवार्ड प्रदान गरिनेछ ।

यसै वर्षबाट हरेक विजेतालाई ट्रफीसहित ५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिने रेग्मीले जानकारी गराइन् । समारोह राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने सञ्चालक सुवास रेग्मीले जनाए ।