Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय किताबखानाले सेवा पूर्ण रूपमा अनलाइन, ‘फेसलेस’ प्रणाली लागू

राष्ट्रिय किताबखानाले सेवा पूर्ण रूपमा अनलाइन, ‘फेसलेस’ प्रणाली लागू

काठमाडौं । बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरूको सम्पत्ति छानबिन सुरु भएसँगै राष्ट्रिय किताबखाना (निजामती) मा सेवाग्राहीको चाप अत्यधिक बढेपछि विभागले सम्पूर्ण सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको छ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक Shravan Kumar Pokharel का अनुसार सेवाग्राहीको सहजताका लागि ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरु गरिएको हो। अब कर्मचारीहरूको तलबी आम्दानीको निस्सा तथा विवरण अनलाइनमै उपलब्ध हुने व्यवस्था गरिएको छ।

विभागले वेबसाइटमार्फत २०१७ सालदेखिको पद, तलब स्केल, ग्रेड विवरण तथा ‘तलब र ग्रेड सिट’ उपलब्ध गराएको छ। साथै, गणना क्याल्कुलेटरसमेत राखिएकाले सेवाग्राहीले आफ्नै विवरण स्वतः मिलान गर्न सक्नेछन्।

यससँगै विभागले सेवा प्रणालीलाई ‘फेसलेस’ बनाएको जनाएको छ। अब बहालवाला तथा निवृत्त कर्मचारीहरूले कार्यालयमा उपस्थित नभई डिजिटल माध्यमबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

सेवाग्राहीले WhatsApp नम्बर ९७१४४९९२४० मा नाम, दर्जा र संकेत नम्बर पठाएर वा इमेल [email protected] मार्फत विवरण प्राप्त गर्न सक्नेछन्। प्राविधिक सीमाका कारण WhatsApp विवरण २४ घण्टाभित्र स्वतः मेटिने भएकाले आवश्यक परे पुनः अनुरोध गर्नुपर्नेछ।

विभागले प्राविधिक त्रुटि भएमा वेबसाइटमा रहेको ‘तलब र ग्रेड सिट’ प्रयोग गरी आफैं गणना गर्न सकिने व्यवस्था पनि गरेको छ। कार्यालयमा भीड घटाउँदै सेवा छिटो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको बताइएको छ।