Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

‘सेन्टी भाइरस’को प्रचारप्रसारको लागि दयाह्याङ र धुर्मुस ‘सक्किगोनी’मा

‘सेन्टी भाइरस’को प्रचारप्रसारको लागि दयाह्याङ र धुर्मुस ‘सक्किगोनी’मा

यस पटकको ‘सक्किगोनी’मा अभिनेता दयाह्याङ राई र हाँस्यकलाकार एवम् सामाजिक अभियान्ता सीताराम कट्टेल धुर्मुस विशेष भुमिकामा देखिने भएका छन्। यही फागुन ९ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सेन्टी भाइरस’को प्रचारप्रसारको लागि दयाह्याङ र धुर्मुस ‘सक्किगोनी’मा विशेष पाहुना भएर पुगेका हुन्। ‘सक्किगोनी’को आगामी भाग २२को लागि दयाह्याङ र धुर्मुस विशेष भूमिकामा देखिन लागेको हो।

टेलिश्रृङ्खलामा पहिलोपटक काम गर्दा रमाईलो अनुभूति भएको भन्दै अभिनेता दयाह्याङले ‘सक्किगोनी’ आफूलाई मन पर्ने हाँस्यटेलिसिरियल रहेको खुलाए। ‘सक्किगोनी’ले सिनेमा ‘सेन्टि भाइरस’ प्रचारप्रसारमा साथ दिने हिसाबले विशेष भूमिकामा बोलाएकोमा धुर्मुसले आभार प्रकट गरे।

चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थका लागि सिनेमाको ५० प्रतिशत आम्दानी जाने भएकोले यस सिनेमालाई सबैले हेरेर साथ दिन समेत धुर्मुसले अपिल गरे। सिनेमामा दयाह्याङ राई, सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, राजाराम पौडेल,विल्सन विक्रम राई, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमाको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्। फुर्वा ह्योल्मो सह निर्माता एवम् दिन्दु लामा ह्योल्मो निर्माता रहेको सिनेमा सेन्टिभाइरस फागुन ९ गते देखि प्रदर्शनमा आउदैछ।