Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

प्रणय दिवस : वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिए

प्रणय दिवस : वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिए

काठमाडौं । शुक्रबार (आज) विश्वभर भ्यालेन्टाइन डे (प्रणय दिवस) आ–आफ्ना प्रियसीहरुलाई शुभकामना आदन प्रदान गरी मनाइरहेका छन् । यसैक्रममा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएका छन् ।

भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेका हुन् । नेता गौतमले जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिने गरेका छन् ।